लुम्बिनी सिटी अस्पताल बुटवलमा ईआरसिपी सेवा सुरु

स्वास्थ्यसमाचार/प्रदेस ५ मा पहिलो पटक इआरसिपी सेवा सुरु भएको छ। पित्त नलीमा भएको ढुंगा चिरफार नगरी निकालिने यस प्रविधिमार्फत लुम्बिनी सिटी अस्पताल बुटवलमा सफलतापूर्वक कार्य सम्पन गरी सेवा सुरु गरिएको हो।

वीर अस्पतालबाट डिएम ग्यासट्रोइन्टररोलोजीको अध्ययन सकेर हाल लुम्बिनी सिटी अस्पतालमा कार्यरत डा मुकेश शर्मा र धेरै वर्षसम्म धुलिखेल अस्पतालमा काम गरी हाल मेडिकेयर अस्पताल काठमाडौंमा कार्यरत डा विवेक पुर्बे सम्मिलित रहेको टिमले सफलतापूर्वक सो कार्य सम्पन्न गरेको हो।

काठमाडौं बाहिर थोरै स्थानमा मात्र इआरसीपीको सुविधा उपलब्ध रहेको डाक्टर मुकेश शर्माले बताए। पित्त नलीको ढुंगा निकाल्न मात्र नभएर पित्त नलीको क्यान्सरबाट पीडितको जण्डिस कम गर्न पनि यो प्रविधि सक्षम हुने डा विवेक पुर्बेले जानकारी दिए।

पेट र कलेजो रोगको सम्पूर्ण निदान र उपचार हुने यस अस्पतालमा इआरसिपी सेवा सुरु भएपछि सेवाग्राही खुसी भएका छन्।

सम्बन्धित शिर्षक :