आयुर्वेद स्वास्थ्यकर्मी समाज रूपन्देहीमा कार्की

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रुपन्देहीको पाँचौ अधिबेशन सम्पन्न भएको छ । बुटबलमा भएको अबिधेशनले दिपक बहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्बाचित गरेको छ।

समितिको सचिवमा बाबुराम खनाल, कोषाध्यक्ष अम्बिका अर्याल र सदस्यहरुमा जीता थापा,सुनिता राना, डिल्लीराम ज्ञवाली, पटेश्वर चौधरी, जीवन पोख्रेल, यमलाल भुसाल र गायत्री ज्ञवाली निर्बाचित भएको निर्बाचित समितीका सदस्य यमलाल भट्टराईले बताए।

लुम्बिनी आयुर्वेद चिकित्सालयको सभाहलमामा भएको अधिेवेशनमा प्रमुख अतिथिका रुपमा डा.नलिन नाथ तिवारी रहेका थिए । धुव्र भन्डारीको अध्यक्षता, शालिकराम भुसालको सञ्चालन, गायत्री ज्ञवालिको स्वागतमा भएको कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थकर्मी समाजका केन्द्रीय सचीव यम लाल भट्टराई, केन्द्रीय सदस्य बिष्णु हरि आचार्य, समाजका लुम्बिनी अञ्चल अध्यक्ष माधब बस्याल, समाजका गुल्मी जिल्ला अध्यक्ष नरहरी अर्याल,अम्बिका आचार्य लयातले बोलेका थिए ।

 

सम्बन्धित शिर्षक :