फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स लुम्बिनीको अध्यक्षमा भण्डारी

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT ) बाट सम्बन्धन प्राप्त संस्था स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्च लुम्बिनी प्रदेशको दशौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

जसबाट चेतन भण्डारीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन भएको हो ।समितिको उपाध्यक्षमा जीवन भण्डारी, सचिवमा विनोद घिमिरे, कोषाध्यक्षमा मिना पन्थी रहेका छन । भने सदस्यहरुमा निरन्जन पोख्रेल, झक्कु केसी र सशिराज बेल्बासे रहनु भएको छ। ।

कार्यक्रममा प्रमुख अतिथी फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स केन्द्रिय सल्लाहकार चिरञ्जीवी जोशीले शिक्षामा नप्रवर्तनका लागि प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको वताउनु भयो ।

निजी प्राविधिक विद्यालय महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष बसन्तराज खनालले प्राविधिक शिक्षाको हकमा रहेका चुनौती तथा समस्याको समाधानका निम्ति एक हुनुपर्ने वताउनु भयो।

फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स लुम्बिनी प्रदेश अध्यक्ष प्रकाश रानाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्राविधिक शिक्षालाई शिक्षा नीतिमा प्रष्ट जोड्न विद्यमान समयले माग गरेको बताउँदै प्राविधिक शिक्षाको मार्ग निर्देशकका रुपमा काम गर्नुपर्ने वताउनु भयो ।

फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका केन्द्रीय सचिव गणेश ज्ञवाली तथा निवर्तमान केन्द्रीय उपाध्यक्ष संजय सिंह लगायतको ले बोल्नु भएको थियो ।दशौं साधारणसभा तथा पाँचौ अधिवेशन संस्थाका अध्यक्ष प्रकाश रानाको अध्यक्षतामा सम्पन्न भएको हो।

 

 

सम्बन्धित शिर्षक :