तिलोत्तमाको नीति कार्यक्रम :‘स्वस्थ नागरिक सम्बृद्ध तिलोत्तमा’ नारा सहित स्वाथ्य योजना लागू गरिने

स्वास्थ्यसमाचार तिलोत्तमा नगरपालिकाले, स्वास्थ्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेको छ ।दोस्रो नगर सभाको पाँचौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ ।

तिलोत्तममा नगरपालिकाले “स्वस्थ नागरिक सम्बृद्ध तिलोत्तमा“ भन्ने नारालाई सार्थक बनाउन जेष्ठ नागरिक हरुलाई निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, मधुमेह रोग निशुल्क शिविर, पाठेघरको मुखको क्यान्सर ख्क्ष्ब् शिविर, आँखाको मोतियाविन्दु पत्ता लगाउने निशुल्क स्वास्थ्य शिविर साथै आधारभूत स्वास्थ्य सेवाका औषधिहरु नियमित रुपमा वितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगर स्वास्थ्य प्रोफाइल तयार गरि नसर्ने खालका उच्च रुपमा देखा परेका रोग र सर्ने खालका उच्च रुपमा देखा परेका रोगको पहिचान गरि निदानको व्यवस्थापन गरिने उल्लेख गरे ।

सुरक्षित मातृत्व सेवालाई प्रभाकारी बनाउन मातृ तथा शिशु अस्पतालको निर्माण कार्यलाई द्रुत रुपमा अगाडी बढाइने बताए । गर्भवती सँग उपमेयर कार्यक्रम लाई निरन्तरता दिई गर्भवती जाँच तथा सुत्केरी जाच सेवालाई प्रोटोकल अनुसार सेवा प्रदान गर्न प्रोत्साहन गरिने छ ।

तिलोत्तमा नगरपालिकालाई शभचय जयmभ डेलिभरी पालिका घोषणा गरि मातृमृत्युदर लाई शुन्यमा झारिनै छ साथै सम्पूर्ण स्वास्थ्य संस्थामा स्तनपान कक्षा निर्माण गरिने छ । आनन्दवन स्वास्थ्य चौकी र सेमरा बजार स्वास्थ्यसेमरा बजार स्वास्थ्य चौकी बाट प्रदान गरिने भिडीयो एक्स– रे सेवा तिलोत्तमा नगरवासी गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क रुपमा प्रदान गरिने छ ।

पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरि प्रत्येक स्वास्थ्य आमा समूहलाई पुर्नगठन गरि आमा समूहको बैठकमा वृद्धि अनुगमन गर्ने व्यवस्था गरि बालवालिकाहरुको कुपोषण दर कम गरिने छ ।

पोषण प्रवर्धन कार्यक्रम संचालन गरि स्थानीय उत्पादनका पौष्टिक खाद्य पदार्थ प्रयोग गर्न प्रोत्साहन गरिने छ एंव महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धी लगायतका कार्यहरु संचालन गरिनेछ । निर्माणाधीन १५ सैयाको अस्पतालहरु सम्पन्न गर्न संघ सरकार सँग पहल गरि नगर अस्पताल संचालनमा ल्याउन आवश्यक व्यवस्था गरिनेछ ।

अति बिपन्न, असाहय, एकल महिला, सुचिकृत रोगी पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको निशुल्क स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिइने छ । कायरोग, कुष्ठरोग मुक्त पालिका कार्यक्रम लाई प्रभाकारी रुपमा संचालन गर्दै सरुवा रोग र महामारी नियन्त्रण कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाइने छ ।

.वातानुकुलित खोप केन्द्र संचालन गरि खोप सेवा तथा बाल स्वास्थ्य सेवालाई व्यबस्थित तुल्याई पूर्ण खोपको दिगोपनाको सुनिश्चितता गरिने छ । अटिजम भएका बालवालिका, सुस्त श्रवण तथा न्यून दृष्टी भएका वालवालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया रोगका बिरामीहरुको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तिव्रता दिईने छ ।

आयुर्वेद जिवनशैली व्यवस्थापन अन्तरगत नागरिक आरोग्य, भान्सा सुधार साथै योग, ध्यान, साधना को माध्यम वाट आम नागरिकको जीवन शैलीलाई व्यवस्थित गर्न निरोगी नगर कार्यक्रम संचालनमा ल्याइने छ ।

साथै, जेष्ठ नागरिकलाइ आयुर्वेद रसायन प्रयोग गरि बुढ्यौलीपनका शारीरिक र मानसिक समस्या कम गर्न जेष्ठनागरिक आयुर्वेद सेवा कार्यक्रम संचालन गरिने छ । बच्चाको पोषण सुधार गर्न मातृ शिशु सुरक्षार्थ स्तनपायी कार्यक्रम हाल संचालनमा रहेको कुनै एक स्वास्थ्य सस्था वाट विस्तार गरि आगामी वर्षहरुमा थप स्वास्थ्य संस्थामा पुर्याइने छ ।

साथै, सबै नागरिकको पहुँचमा आयुर्वेद सेवा पुर्याउन वडा नं ६ मा संचालनमा रहेको नागरिक आरोग्य क्लिनिकलाइ निरन्तरता दिइने छ । नगरपालिकामा आयुर्वेद सेवा संगसंगै वैकल्पिक सेवाका प्राकृतिक चिकित्सा, एक्युपञ्चर सेवा, होमियोप्याथी सेवा विस्तारका लागी आवश्यक प्रकृया अगाढी बढाइने छ ।

सम्बन्धित शिर्षक :