राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसका कक्षा सञ्चालन गर्न प्राध्यापहरू नियुक्ति प्रक्रिया शुरु

स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस कक्षा सञ्चालनका लागि प्राध्यापक नियुक्ति प्रक्रिया थालिएको छ ।विज्ञापन गरेर प्रतिष्ठानले विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया शुरू गरेको हो ।

हाल वेसिक साइन्सतर्फका विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया अघि बढाइएको र अब छिट्टै चिकित्सा शिक्षा आयोगबाट पनि प्रतिष्ठानमा एमविविएस सञ्चालनका लागि विशेष अनुगमन हुने उपकुलपति डा। विकास लामिछानेले जानकारी दिनुभयो ।

एमविविएस कक्षा सञ्चालन गर्न अन्य तयारी पनि तीब्र पारिएको हो । काठमाडौंमा पाठ्यक्रम बनाउन गोष्ठी सञ्चालन गरेको प्रतिष्ठानले पाठ्यक्रमलाई अन्तिमरुप दिने तयारी गरेको छ ।

प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानमा एमविविएस सञ्चालन भएमा यहाँको आर्थिक, सामाजिक अवस्थामा परिवर्तन आउने भन्दै यसका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

हालै मात्रै प्रतिष्ठानलाई पाँच सय शैøयामा स्तरोन्नति गर्न तथा प्रतिष्ठानमा एमविविएस कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट बिनियोजन गर्ने नेपाल सरकारप्रति प्रतिष्ठानले आभार व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक :