नेपालगन्जमा गर्भवती महिलामाथि बोक्सीको आरोपमा कुटपिट

स्वास्थ्यसमाचार/नेपालगन्ज- १२ मुक्तिनगरमा डेरामा बस्दै आएकी महिलामाथि बोक्सीको आराेप लगाउँदै कुटपिट भएकाे छ । बर्दिया बाँसगढी- ४ नेवदा घरभई हाल नेपालगंज उपमहानगरपालिका-१२ मा डेरा गरी बस्ने ३२ वर्षीया मिरा थारु (सार्की) माथि कुटपिट भएकाे हाे ।

पीडित सार्कीले ६ जनाकाे समुहले आफूमाथि ज्यान मार्ने उद्देश्यले जातीय विभेद गर्नुका साथै बोक्सीकाे आराेपमा निर्घात कुटपिट बताउनु भएकाे छ । उहाँले १२ जनाकाे नाममा ज्यान मार्ने उद्योग, जातीय छुवाछूत र बाेक्सी आराेपमा जिल्ला प्रहरी कार्यालय बाँकेमा किटारी जाहेरी दिनु भएकाे छ ।

मुक्तिपुरमै डेरी गरी बस्ने ४२ की अनिता थापा तामाङ्ग,तामाङ्गकी छाेरीहरू २१ की आँचल तामाङ्ग र १८ वर्षीया आरोसी तामाङ्ग, यस्तै अनिता थापा तामाङ्गको पति ५० वर्षीय मंगल तामाङ्ग २६ वर्षीया पुष्पा चौधरी र उनकाे पति ३० वर्षीया नवराज मल्ल,अनिता तामाङकी ४५ वर्षीया गिता थापा लामा,लामाकाे पति र २८ वर्षीया पुजा लामाकाे नाममा किटानी जाहेरी दिनु भएकाे हाे ।

जाहेरीमा उल्लेख भए अनुसार घटना जेष्ठ ३ राती ९ बजे घटाइएकाे हाे । पीडित सार्कीले आफू डेरामा बसी छोरालाई पढाउँदै जीवनयापन गर्दै आउनु भएकाे छ । हाल उहाँ गर्भवती समेत हुनुहुन्छ ।आफू बस्ने घरको अगाडि पट्टी रहेको बारीमा तरकारी लगाई पटक पटक पानी चार्ने क्रममा आफूमाथिअन्यायीहरु मध्ये अनिता थापा तामाङ्ग र निजकी छोरीहरुले यो दलित जातको महिला रछ यसले छोएको पानी हाम्रो तर्फ पयो भने हामीलाई कोर (कुष्ठरोग) लाग्छ भनी अन्याय गरेकाे बताएकी छन् ।

तामाङ्लाई नमालुम को गुरुवा (झाक्री) ले तपाईको घरको साईडमा बस्ने महिला दलित र बोक्सी रैछ भनेकाे र त्यसै कारणले तपाईको छोरी बिरामी भएको हो भनेको कारण आफूमाथि ग्यालेक्सी आराेप लगाएकाे उहाँकाे भनाइ छ । ` अनिता थापा तामाङ र निजको दिदी गिता थापाले पटक पटक गुरुवाद्धारा फुकेको चामलहरू खुवाउने, थुकेको चामल छकर्ने, फुकेको लड्डु खुवाउने, खुर्सानी धुवार्ने गरी मलाई डेरामा बस्न दिएनन् । मलाई डेराबाट भगाउने उद्देश्यले मेरो घरबेटी समेतलाई यी साना जाती दलितहरुलाई बस्ने नदेउ घरबाट निकाला गरी देउ भनेर धम्की दिए,´ किटानी जाहेरीमा भनिएकाे छ ।

आज भन्दा २ (दुई) महिना अगाडि अन्यायी हरुले दुई महिना अघिपछि आफ्नाे कोठाको ढोका अगाडि आई ढोकामा ठोकी र गालीगलौज गर्ने यो घर छोडी गएनौ भन्ने ज्यानै देखि माछौं भन्ने धम्की दिएकाे उल्लेख गरिएकाे छ । त्यतिबेलामा पनि तत्काल प्रहरीमा खबर गरी प्रहरीहरु आई सम्झाई बुझाई गरी फर्की गएकोमा फेरि मिति जेष्ठ ३ गते राती ९:०० बजेको समयमा आफ्नाे श्रीमान रिक्सा चालक भई घर फर्की नसकेको समय पारेर एक्लै भएकाे माैकामा कोठामा सबै जना एकैचोटी मेरो कोठा भन्दा बाहिरको गेट आफै खोलेकाे र यो बोक्सीलाई आज नमारी हुन्न भनी सबै अन्यायीहरु मध्ये अनिता थापा तामाङ्गले मेरो कपालमा समाती लछारपछार गरी भुईमा घोप्टो बनाएकाे उहाँकाे आराेप छ ।

निजको छोरी आचल तामाङ्गले घाटी अड्याई बोक्ल चल्न नदिई सबै अन्यायीहरु मिली सबैले लात मुक्का र लाठीले मलाई ज्यानै मार्ने उद्धेश्यले शरीरको विभिन्न भागमा कुटपिट गर्दा मरणासन्न हुने गरी अचेत रहेको अवस्थामा घरबेटीले फेला पारेकाे उहाँले बताउनुभयाे ।मेरो घाँटीमा लगाएको चार आनाको सुन गहनासमेत लिएर गएकाे उहाँकाे भनाइ छ ।

सबै अन्यायी हरुलाई पक्राउ गरी ज्यान मार्ने उद्योग, छुवाछुत तथा बोक्सी सम्बन्धि आरोपमा हुदै सम्म सजाय हुने गरी कारवाहीका साथै क्षतिपूर्ति माग गर्नु भएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जाहेरी दर्ता भएकाे बताउनुभयाे । उहाँका अनुसार जाहेरीका सम्बन्धमा बुझ्ने काम भइरहेकाे छ ।

सम्बन्धित शिर्षक :