प्रयोगशाला स्थापना तथा सञ्चालन सम्बन्धी मापदण्ड तयार गर्न माग

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्र्तगतका प्रयोगशाला प्रमुखहरुले प्रयोगशाला स्थापना तथा सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड तयार गर्नुपर्ने माग गरेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आयोजना गरेको दुई दिने समिक्षा गोष्ठीमा सहभागि प्रदेश भित्रका सरकारी प्रयोगशाला प्रमुखहरुले स्थापना र सञ्चालन सम्बन्धी न्यूनतम मापदण्ड नहुदाँ प्रयोगशालाहरुको वर्गिकरण गर्न नसकिएको बताएका छन् ।

सरकारी प्रयोगशालाहरुको बर्गिकरण गरि कुन प्रयोगशाला कुन तह सम्मको परिक्षण हुने भन्ने निश्चित गरि सोहि अनुसारका उपकरण र जनशक्ति व्यवस्थापन गर्न आबश्यक रहेको गोष्ठीका सहभागिहरुको निष्कर्ष छ ।

स्थानिय तह अन्र्तगतका अधिकांश प्रयोगशालामा अहिले पनि म्यानुयलमै काम हुने भएकाले गलत रिर्पोट आउने सम्भावना रहेको भन्दै सहभागिहरुले गुणस्तरीय सेवाका लागी प्रयोगशालाको वर्गिकण गर्न र नयाँ प्रविधि ल्याउनुपर्नेमा जोड थियो ।

समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै सहभागिहरुले अस्पतालका प्रयोगशालाहरुमा दरबन्दी नै निकै कम भएको, कार्यरत जनशक्ति पनि कम भएको तर कामको चाँप अत्यधिक रहेकाले दरबन्दी बढाउन आबश्यक रहेको सुझाव दिएका छन् ।यस्तै आयुर्वेद चिकित्सालयका प्रयोगशालामा पनि टि बि, मलेरिया जस्ता रोगको परिक्षण सुरु गरी सेवा बिस्तार गर्न सकिने गोष्ठीको निष्कर्ष छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राजेश कुमार गुप्ताको अध्यक्षतामा भएको समिक्षा गोष्ठीको समापन कार्यक्रममा प्रदेश तालिम केन्द्रका नोदनारायण चौधरी, स्वास्थ्य निर्देशनालयका रामजनम कुर्मी, स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कँवर लगायतले प्रयोगशालामा कार्यरत जनशक्तिको क्षेमता अभिबृद्धि गर्दै सेवालाई थप प्रभावकारी बनाउन आबश्यक रहेको बताउनु भएको थियो ।

 

सम्बन्धित शिर्षक :