लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ प्रमुख सहित ५ जनालाई सम्मान

स्वास्थ्यसमाचार/रोट्र्याक क्लब अफ बुटवल डाउन टानले हिन्दु नेपाली नारिहरुको महान पर्ब हरितालिका तिजको अबसरमा तिज मिलन तथा सम्मान गरेको छ ।

पछिल्लो समय तिज पर्व भड्किलो र तडक भडक बनिरहेको अवस्थामा सामान्य तरिकाले पनि तिज मनाउन सकिन्छ भन्ने सकारात्मक सुदेश प्रवाह गर्न र विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाइ सम्मान गर्ने उदेश्यले तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको क्लचले जनाएको छ ।

स्वास्थ क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल कि नर्सिङ प्रमुख ज्योति पौडेल शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै बेबी स्टार मन्टेश्वरीकि प्रिन्सिपल गिता बन्जाडे , बैकिङ क्षेत्रमा नेपाल बैंक लिमिटेड बुटवल शाखाकी  सहायक प्रबन्धक रोशनी पौडेल , उद्गम क्षेत्रमा सेमलार बेरिज कि प्रोपाइटर रमा पौडेल पराजुली र सञ्चार क्षेत्रमा योगदान गरेको भन्दै लुम्बिनी सामुदायिक टेलिभिजनकि समाचार प्रमुख पत्रकार भगवती पाण्डेलाइ सम्मान पत्र , मायाको चिनो र दोसल्ला बाट सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकि उप प्रमुख साबित्रा देवि अर्यालले रो ट्रयाक क्लब अफ बुटवल डाउन टानले तिज मिलन तथा सम्मान कार्यक्रम राखि विभिन्न क्षेत्रमा सक्रिय ०५ जना महिलाहरू सम्मान गरेर निकै उत्कृष्ट कार्यक्रम गरेको बताइन ।

उनले बिगतमा भन्दा अहिले समाज अनि घर परिवारले महिलाहरू हेर्ने दृष्टिकोण धेरै सकारात्मक बन्दै गएको तर राज्यका विभिन्न निकाय एवं क्षेत्रहरुमा महिलाहरुलाइ दिने असर अझै पनि प्रयाप्त नभएको बताइन ।

क्लबका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिआर आर इफेक्ट बिक्रम क्षेत्री , रोटरि क्लब अफ बुटवल डाउन टानका पुर्व अध्यक्ष जिवन प्रसाद अधिकारी , सम्मानित पत्रकार भगवती पाण्डे लगायतले भनाइ राखेका थिए।

 

सम्बन्धित शिर्षक :