लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा राजेन्द्र प्रसाद खनाल नियुक्त

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजेन्द्र प्रसाद खनाल नियुक्त भएका छन् । प्रदेश ५ सरकारको मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्त गरेको हो ।

मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले अनिवार्य अवकास पाएपछि डा. राजेन्द्र प्रसाद खनाललाई नियुक्त गरिएको हो । डा. खनाल बरिष्ठ रेडियोलोजिष्ट हुन । डा खनाल यस अघिपनि ९ महिना लुम्बिनी अञ्चल अस्पताल मेसु भैसकेका हुन ।

त्यसैगरी सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सूचना तथा सञ्चार प्रतिष्ठान लगायतका कार्यकारी निर्देशकलगायतको पारिश्रमिक सेवा सुविधा मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

सम्बन्धित शिर्षक :