क्यान्सर रोगिका बिबिध पक्षका बारेमा अनुसन्धान गरिने

स्वास्थ्यसमाचार/नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही शाखाको बैठक सम्पन्न भएको छ ।

शाखा सभापति खिम बहादुर हमालको सभापतित्वमा भएको बैठकले बिश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको दिन सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ बिक्रि बितरण, उत्पादन र प्रयोगमा निषेध गरि सुर्तीजन्य पदार्थ मुक्त समाज निर्माण अभियानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरे बापत यस जिल्ला अन्तर्गत तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मानित गरेको सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

बैठकले कार्यक्रममा उपस्थित हुनुभएका सबैमा आभार प्रकट गरेको सहसचिव बाबुराम बिकले बताउनु भयो । बैठकले आगामी आर्थिक बर्षका लागि संस्थाका उपसभापति सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित समितिले प्रस्ताव गरेको २०८०/०८१ को बार्षिक कार्य योजना तथा कार्यतालिका बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

आउने बर्षका कार्यक्रम श्रावण महिनबाट सुरु हुने सन्स्थाका सचिव प्रजापाल गिरीले बताउनुभयो । बैठकले यस जिल्लामा पहिचान भएका क्यान्सर रोगि का बिबिध पक्षका बारेमा अनुसन्धान गरि दिर्घकालिन कार्यक्रम निर्माण गर्न कार्यसमिति सदस्य उमादेवी थापालाई संयोजकको जिम्मेवारी प्रदान गर्दै बैठक सप्पन्न भएको छ ।

कार्य्क्रममा सुरेन्द्रमुनि शाक्य, मधुसूदन गैरे, चोला पाठक, रमेश पराजुलि, पुनम पौडेल, इन्दिरा पाण्डे लगायतले आआफ्नो धारणा राखेका थिए ।

सम्बन्धित शिर्षक :