पाल्पाका १० बटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा

स्वास्थ्यसमाचार /पाल्पाका दश वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । दुई नगरपालिका र आठ वटा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका हुन् । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेपछि जिल्लाका सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषित गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सरकारको मापदण्ड अनुसार बच्चा जन्मेको १५ महिनाभित्र १४ प्रकारका खोप लगाउनुपर्छ । ती खोप लगाउन छुट भएका बालबालिकाको खोजी गरेर २३ महिनाभित्र खोप लगाएपछि लक्ष्य पुरा हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो । यो वर्षदेखि २३ महिनादेखि पाँच वर्ष उमेरका बालबालिकालाई खोज र खोप अभियानसमेत चलाएको उहाँले जानकारी दिनुभयो।

खोप अभियानको क्रममा १५ महिनाभित्र खोप लगाउन छुट भएका बालबालिकाको खोजी गरेर २३ महिनाभित्रै खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

खोप लगाउन छुट भएका बालबालिकाको खोजी गरेर खोप लगाइएको छू, उहाँले भन्नुभयो, ूयसबाट खोप लगाउन उमेर भएका बालबालिकाले सबैले पाउनुपर्ने खोप पाएका छन्।

पाल्पामा यो वर्ष पहिलो पटक खोप सुरु गर्ने तीन हजार ८० बालबालिका र पूर्ण खोप पाउने दुई हजार नौ सय २४ रहेका स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

पाल्पामा २३ महिनादेखि पाँच वर्ष उमेर समूहका १० जना बालबालिकालाई समेत खोप लगाइएको छ । निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकाका १० जना छुट भएका बालबालिकालाई यो वर्षको अभियानमा खोप लगाइएको न्यौपानेले बताउनुभयो ।

सम्बन्धित शिर्षक :