बिद्यालयमा आयुर्वेद तथा योग शिक्षा प्रभावकारी बन्दै

बिन्दु भट्राई

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिका आयुर्वेद शाखा करहिया को आयोजनामा आज बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

तिलोत्तमा ८ दिपनगर स्थित जनभावना माध्यमिक विद्यालयमा यहि २१ देखि शुरु भएको कार्यक्रम समापनको अवसरमा बोल्दै वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले एक दुई ठांउमा मात्र नभएर हरेक बिद्यालयका बिद्यार्थीहरुलाई आयुर्वेद तथा योगको शिक्षा दिनुपर्ने खांचो औल्याए ।

कार्यक्रममा करहिया आयुर्वेद औषधालयका कार्यबहाक प्रमुख अरुण कुमार महतोले आयुर्वेद चिकित्सा हाम्रो मौलिक चिकित्सा पद्धती भएकोले बिद्यालय स्तरबाट नैे यसबारेमा बुझाउनु जरुरी रहेको बताए । उनले स्वस्थ जीवन यापनका लागि योग तथा आयुर्वेद शिक्षामा जोड दिनुपर्ने खांचो औंल्याए । जनभावना माध्यमिक विद्यालयमा अध्ययनरत कार्यक्रममा सहभागि रिजा थापाले बिद्यालयमा ४ दिन सम्म सिकेको योग तथा आयुर्वेद शिक्षाले आफुलाई पारेको सकरात्मक प्रभावका बारेमा बताईन ।

“आयुर्वेद तथा योग शिक्षा हामि बिद्यार्थीलाई मात्र होईन जो कोहिलाई पनि अनिवार्य रहेछ भन्ने लाग्यो”–थापाले भनिन् । अर्का सहभागि धनी खत्रीले पनि यहां सिकेको योग घरमा दैनिक रुपमा गर्ने बताएकि बताएकि छन् । योगा गर्दा मलाई शरिरमा छुट्टै उर्जा मिलेको महशुस हुन्छ” उनले सुनाईन् । कार्यक्रममा बिद्यालयका शिक्षक जीवन अर्याल,करहिया आयुर्वेद औषधालयका पदमबहादुर श्रेष्ठ लगायतले घरवरपर भएका जडिवुटीहरुको पहिचान हुन र जडिवुटि प्रयोग गर्न जान्नुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए ।

बिद्यालयका प्रधानाध्यापक सम्भु प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पराजुलीले बिद्यालयमा यस्तो खालको शिक्षा ल्याएकोमा तिलोत्तमाको आयुर्वेद स्वास्थ्य शाखालाई धन्यबाद दिए।

सम्बन्धित शिर्षक :