२०२५ सम्ममा औंलो निवारणको लक्ष्य पुरा गरौ :स्वास्थ्यमन्त्री पन्थी

८ महिनामा औलोका ४ सय २६ बिरामी फेला

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले २०२५ सम्ममा मलेरिया (औंलो) निवारण गर्ने लक्ष्य पुरा गर्ने तर्फ सबै केन्द्रीत हुनुपर्ने वताउनु भयो। प्रदेश स्तरीय औंलो निवारण निर्देशक समितिको प्रथम बैठकमा उक्त कुरा बताउनु भयो।

मन्त्री पन्थीले नरैनापुर लगायतका पालिकामा औंलोको बढि समस्या देखिएको छ त्यहाँ कार्यक्रम केन्द्रित गर्नुपर्नेछ। स्वास्थ्यको क्षेत्रमा प्रदेशमा जहाँ जहाँ समस्या र अभाव छ त्यसका लागि प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रमलाई प्राथमिकता दिएको समेत मन्त्री पन्थीले बताउनु भयो

स्वास्थ्य मन्त्री विष्णु पन्थी अध्यक्षता, स्वास्थ्य निर्देशक डा. विनोद गिरी, केन्द्रका डा. गोकर्ण दाहाल, तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा. पुष्पराज पौडेल, सेभ द चिल्ड्रेनका मिम वहादुर सिंह, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, रोशनलाला चौधरी लुम्विनी प्रादेशिक अस्पताल बुटवलका निमित्त मेसु, राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मेसु, पालिकाका प्रमुख र अन्य सरोकार लगाएतको सहभागितामा औलो कार्यक्रमको रणनीति २०१४-२०२५ बारे छलफल भएको मन्त्रीका स्वकीय सचिब हरी अधिकारीले बताउनु भयो।

लुम्बिनी प्रदेशमा गत ८ महिनामा कुल औलोको केस ४सय २६अर्थात(३८प्रतिशत) रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :