लुम्बिनी प्रादेशिक अस्पतालको ११३औं वार्षिकोत्सवमा म्याराथुन प्रतियोगिता सम्पन्न

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले आयोजना गरेको म्याथुन प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालको १ सय १३ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा शनिबार म्याराथुन प्रतियोगिताको आयेजना गरिएको थियो ।

फाल्गुन ९ गतेदेखि १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तर्गत भएको म्याराथुन तिलोत्तमाको जानकिनगरबाट सुरु भएर बुटबलको राजमार्ग चौराहमाआई समापन भएको थियो ।म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन प्रतियोगिता संयोजक नेत्र प्रसाद आचार्यले वताउनु भयो ।

म्याराथुन प्रतियेगीतामा महिला तर्फ लक्ष्मी वोहोरा प्रथम सर्मिला केसी दोश्रो र ममता पान्डे तेश्रो भएका छन भने पुरुष तर्फ दुर्गा बहादुर सार्कि प्रथम रिषी चौधरी दोश्रो र दर्शन भन्डारी तेश्रो भएको अस्पतालका अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलले वताउनु भयो ।

अस्पतालको वार्षिक उत्सब बिभिन्न कार्यक्रम आयोजना गरि सप्ताहब्यापी रुपमा मनाउदा कर्मचारीहरु लाई आफनो थप प्रतिभा देखाउने अबसर मिल्ने भएको मेसु डा ईन्द्र ढकालले बताउनु भयो । उहाले म्याराथुन मा सहभागी सबैलाई बिशेष धन्यबाद दिदै आगामी कार्यक्रममा पनि यस्तै उत्साहजनक सहभागीताको अस्पतालले अपेक्षा गरेकोे वताउनु भयो ।


सम्बन्धित शिर्षक :