अस्पतालको वार्षिकोत्सबमा निःशुल्क सुगर परिक्षण ३ सयले लिए सेवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा २सय ८३ जनाको निःशुल्क सुगर परिक्षण भएको छ।अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क सुगर परिक्षण भएको हो।

बिहान ९ बजे देखी दिउसो २ बजे सम्म निशुल्क रुपमा निःशुल्क सुगर भएको र २सय ८३ जनाको सुगर परिक्षण भएको अस्पतालका ल्याब ईन्चार्ज मानबहादुर श्रेष्ठले बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा सप्ताहब्यापी कार्यक्रम भैरहेको र भोली शनिबार फागुन १३ गते म्याराथुन प्रतियोगिता रहेको अस्पतालका नर्सिङ ईन्चार्ज ज्योती पौडेलले बताउनु भयो।१५ गते मुलसमहारोहमा बिषेश कार्यक्रमको आयोजना गरि मनाउने कार्यक्रम रहेको पौडेलले बताउनु भयो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :