RANAवागमतीको प्रथम भेला सम्पन्न,अध्यक्षमा डा.अमृत भण्डारी चयन

स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल RAAN बागमती प्रदेश प्रथम भेला केन्द्रिय कार्यलय कोटेश्वरमा सप्पन्न भएको छ। आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका बरिस्ठ आयुर्वेद बिज्ञ डा मुनकर्ण थापाको प्रमुख आतिथ्यमा र रानका केन्द्रिय अध्यक्ष जगत बहादुर भट्टराई ,नेपाल आयुर्वेद उत्पादक संघ का केन्द्रिय अध्यक्ष मानबहादुर साउद ,बरिस्ठ कबिराज नरबहादुर ठकुरी ज्यू को बिशिस्ट आतिथ्यामा भएको थियो ।

भने बागमती प्रदेश संयोजक डा अमृत भन्डारिज्यूको अध्यक्षतामा भएको कार्यक्रम स्वागत मन्तव्य बागमती प्रदेश सह संयोजक बिक्रम पौडेलले गर्नु भएको थियो ।प्रमुखअतिथि आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका वरिष्ठ आयुर्वेद विज्ञ डा मुनकर्णले अरु संस्थाले जस्तै संस्थाको नाम भजायर बेक्तिगत स्वार्थमा लागे यो संस्थाको पनि नाम निशाना नरहने र बेक्तिबादी स्वार्थमा नलागी रान को ब्यानरमा लेखेको नारामा तल्लीन रहि काम गरेमा यो सस्थानै आयुर्वेदको मुख्यसामाजिक संस्था बन्नेमा आफु ढुक्क भएको र सेवानिबृत पछिपनि आफ्नो संस्था भएकोले सदस्य भइ हरेक कोणबाट आयुर्वेदको बिकासको लागि सुभेक्षा र साथ सहयोग रहने दृढता बेक्ता गर्नु भयो।

बिशिस्ट अतिथिहरु,,स्वास्थ्यकर्मी समाजका बागमती प्रदेश अध्यक्ष विभिन्न संघ संस्थाका प्रमुख लगायत दर्जन भन्दा बढीले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रम संचालक केन्द्रिय महासचिव हृदयनारायण चौधरीले गर्नु भएको थियो।उक्त भेलाले बाग्मती प्रदेश नौ सदस्य बाग्मती प्रदेश शाखा तदर्थ समिती बनाउनुका साथै तीन जना आयुर्वेदका अग्रज डाक्टर हरुलाइ सल्लाहकारमा चयन गरेको छ । तेस्तै केन्द्रिय कार्यसमितिले बरिस्ठ कबिराज नरबहादुर ठकुरी ज्यू लाई केन्द्रिय सल्लाहकारमा चयन गर्दै सम्मान पनि गरेको छ।

अध्यक्ष : डा अमृत भन्डारी
उपाध्यक्ष : बिक्रम पौडेल
सचिब : शिरोमणि पौडेल
कोषाध्यक्ष : धुर्ब प्रसाद प्रसाईं
सदस्य : हिरा अधिकारी
सदस्य : शिव कुमार श्रेष्ठ
सदस्य : डा राम पुकार यादव
सदस्य : दिपा के.सि
सदस्य : डा श्बिश्वास कुवर

सल्लाहकार
डा. रमेश पौडेल डा. सुभद्रा कार्की :डा. हरि खनाल रहनु भएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :