काँग्रेस लुम्बिनी प्रदेशको स्वास्थ्य विभाग प्रमुखमा पाण्डे मनोनित

स्वास्थ्यसमाचार/ काँग्रेस लुम्विनी प्रदेश समिति सदस्य अञ्जना पाण्डे स्वास्थ्य विभाग प्रमुखमा मनोनित हुनु भएको छ ।
नेपाली काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले विभिन्न २१ वटा विभागहरुको प्रमुख मनोनित गर्ने क्रममा बाँकेकी पाण्डेलाई स्वास्थ्य विभागको प्रमुखमा मनोनित गर्नु भएको हो ।

काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद धारा १३ को उपधारा ११ (क) मा व्यवस्था भएअनुसार विभागको प्रमुख पदमा मनोनयन गरिएको मुख्य सचिव मोहनराज शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै सङ्गठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने, प्रदेश कानुन तथा संसदीय मामिला विभागको जिम्मेवारी पाल्पाका महेन्द्र प्रसाद पाण्डेलाई मनोनित गर्नु भएको छ।

प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारी , नवलपरासीका बिश्वप्रेम पाठक ,शुभेच्छुक संस्था समन्वय विभाग,प्युठानका सुवास केसीलाई भाषा, साहित्य, कला तथा संस्कृति विभाग,अर्घाखाँचीका डा जयबहादुर टण्डनलाई शिक्षा विज्ञान तथा प्रविधि विभाग, कपिलवस्तुका रवीन्द्र नाथ ठाकुरलाई गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग,दाङका देवनारायण चौधरीलाई अभिलेख, अनुगमन तथा मूल्यांक विभाग, रुपन्देहीका दिर्घबहादुर केसीलाई युवा तथा खेलकुद विभागको प्रमुखमा मनोनयन गरिएको पार्टी प्रदेश कार्यालय मुख्य सचिव मोहन राज शर्माले वताउनु भयो।

कपिलवस्तुका विक्रम सिंह थापालाई शान्ति सुरक्षा तथा प्रशासन सेवा विभाग, रुपन्देहीकी शान्ति शर्मालाई ट्रेड युनियन तथा श्रमिक विभाग, रुपन्देहीका रामबहादुर कार्कीलाई पार्टी सम्पर्क विभाग, बाँकेका टेकनारायण भुसाललाई तरुण समन्वय विभाग, बर्दियाका भेषराज पौडेललाई निर्माण व्यवसायी विभाग,अर्घाखाँचीकी शान्ता भण्डारीलाई महिला समन्वय विभाग, रुपन्देहीकी लीला कुमारी पौडेललाई सहकारी विभाग,बर्दियाका पुष्पलाल श्रेष्ठलाई वातावरण तथा बिपद व्यवस्थापन विभाग,गुल्मीका छन्द पहराई मगरलाई आदिवासी जनजाति समन्वय विभाग र रोल्पाका पुष्पा श्रेष्ठलाई यातायात विभागको प्रमुख तोकिएको छ।

काँग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले काँग्रेसको विधान अनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था रहे पनि अहिले २१ वटा मात्रै विभागहरू गठन गरेको वताउनु भयो । उहाले अन्य १३ वटा विभाग गठन छिटै गठन गर्ने समेत बचमउानु भयो । प्रत्येक विभागहरू २५ सदस्यीय रहने व्यवस्था छ। विभागका सदस्यहरू भने विभाग प्रमुखहरूले मनोनयन गर्ने छन्।

सम्बन्धित शिर्षक :