सियारीमा सुत्केरीलाई पोषण कोसेली दिँदै गाउँपालिका उपाध्यक्ष थारु

स्वास्थ्यसमाचार/ रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो ।बुधबार उपाध्यक्ष तारा थारुले पालिकाको वडा नम्बर १ चिल्हीयास्थित स्वास्थ्य चौकीमा सुत्केरी आमाहरुलाई पोषण सहितको कोशेली र नगद हस्तान्त्रण गरेकी छन् । कोसेली झोलासहित स्वास्थ्य चौकी पुगेकी उपाध्यक्ष थारुले पोषण सहितको कोशेलीले सुत्केरी आमाहरुको मुहारमा खुशी ल्याउन मद्यत गरेको बताईन । पालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा घ्यू, टावल, सर्फ, साबुन, नेल कटर, ब्रस, कोलगेट रहेको छ…