को बन्छ स्वास्थ्य जनसंख्या मन्त्री डा.तोसिमा कि , डा.चन्दा कार्की ?

स्वास्थ्यसमाचार /राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ । ललितपुर–३ बाट जितेकी डा तोसिमा कार्की र समानुपातिक सांसद डा चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने वताएका छन। प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका हुन। ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने

स्वास्थ्यसमाचार / रास्वपाले स्वास्थ्य तथा जनसंख्या पाउने पक्का भएको छ । प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुंगिने बताएका छन् । उच्च स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ । रास्वपाले गृह, शिक्षा, स्वास्थ्य र पर्यटन मन्त्रालयमा दाबी गरेको थियो । सुरुमा तीन मन्त्री र एक राज्यमन्त्री दिन शीर्ष नेताहरु तयार देखिएका थिए । तर सरकारमा सहभागी हुने दलहरु बढेपछि एक…