स्वास्थ्य सेवाबारे प्रधानमन्त्री दाहाल द्वारा सचिवलाई ३० बुँदे निर्देशन

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी अस्पतालको स्तर खस्किएकोमा चासो व्यक्त गरेका छन् । सिंहदरबारमा सोमबार र मंगलबार सचिवहरुलाई निर्देशन दिदैं प्रधानमन्त्रीले सरकारी अस्पताल र सामुदायिक विद्यालयको गुणस्तर खस्किनुको कारण खोज्नुपर्ने बताएका छन् । सचिवहरुलाई दिइएको ३० बुँदे निर्देशनको एउटा बुँदामा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। तर, सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ ।’ उनले अर्को बुँदामा सीमान्तकृत, श्रमजीवी र समाजको तल्लो वर्गलाई आधारभूत स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले ल्याइएको १…

स्वास्थ्य मन्त्रालय हाल प्रधानमन्त्री पुष्पकमल दाहाल संगै

स्वास्थ्यसमाचार / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयतताको सपथ लिएका छन्। सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित एक समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्। प्रचण्ड आइतबार बेलुका मात्रै प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले र माओवादी केन्द्रसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका थिए। लगत्तै उनलाई राष्ट्रपतिले नियुक्त गरेकी थिइन्। प्रधानमन्त्रीसँगै माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार, नेकपा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री भएका छन्। यस्तै दामोदर भण्डारी, राजेन्द्र राई र ज्वाला साहले पनि…