जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरीको अध्यक्षमा श्रेष्ठ निर्बाचित

स्वास्थ्यसमाचार / जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिको पाँचौ साधारण सभा तथा तेश्रो अधिबेशनले संञ्चालक समितिमा अध्यक्ष मान ब श्रेष्ठलाई निर्बाचित गरेको छ । बुटबलमा हालै सम्पन्न प्रालिको तेश्रो अधिबेशनले श्रेष्ठलाई निर्बाचित गरेको हो । संञ्चालक समितिको उपाध्यक्षमा नारायण भण्डारी ,सचिव रमेश पान्डे ,सदस्यहरु सीता थापा जिबलाल भुसाल हिमाल खनाल रहेको निर्वाचन अधिकृत गुणानिधि खनालले बताए । बुटबलमा ७३ जना स्वास्थ्यकर्मीको ३ करोड ५० लाखको लागानीमा २०७५ साल बैसाख ३० गते जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालि सुरु थियो । नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बी’ ग्रेडको मान्यतामा यो ल्याब सञ्चालनमा आएको…