आर्यनको उपचारका लागी सैनामैना सेवा समाज यूईएको८० हजार सहयोग

स्वास्थ्यसमाचार/  कामको सिलसिलामा रुपन्देहीको सैनामैनाबाट यूएईमा एकिकृत युवाहरु घरपरिवारको लागी आर्जेको पैसा कटौती गरी समाजको सक्रिय भएका छन।

वि.स. २०७४ सालमा युईएमा संगठित सैनामैना सेवा समाज यूएई विदेशी भूमिमा नेपालीहरुलाई विभिन्न कार्यक्रमको आयोजना गरी एकिकृत गर्ने, समस्यामा परेकाहरुलाई आर्थीक, भौतिक रुपमा सहयोग गर्ने जस्ता कार्यमा सक्रिय रहेको हो।

यसै क्रममा पछिल्लो पटक यो समाजले सैनामैनामा रहेका अतिविपन्न, असक्त, असहायहरुको सहारा बन्ने प्रयास गरेको छ । समाजले आज सैनामैना–०३, गंगानगरका अस्वस्थ १० बर्षिय बालक आर्यन बगालेको औषधी उपचारको लागी असीहजार रुपैयाँ बराबरको चेकरकम हस्तान्तरण गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी रहेका सैनामैना नगर प्रमुख फडिन्द्र शर्माले समाजले उपलव्ध गराएको सहयोग रकम हस्तान्तरण गर्दै जीवनलाई खागमा मात्र सिमित राखेर बसेका महानुभावहरुलाई ह्वील चियर, औषधी उपचार गर्न नसकेकालाई आर्थीक सहयोग गर्न जुटेको समाजलाई नगरपालीकाको तर्फबाट आभार प्रकट गरे् । उनले नगरपालीकाले पनि गरिव, दिनदुःखीलाई एउटा कार्यविधि बनाएर सहयोग गर्ने नीति लिएको बताए ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा उपस्थित सैनामैना नगरपालीका उपमेयर विना रानाले पनि समाजको कामप्रति धन्यवाद प्रकट गर्दै नगरपालीका भित्र रहेका निम्न वर्ग र विपन्न परिवारको सहयोगको लागी नगरपालीका सदैव तयार रहेको बताईन ।

कार्यक्रममा अतिथीको रुपमा उपस्थित सैनामैना वडा नं. ३ का अध्यक्ष टम बहादुर पुर्जा, समाजसेवी व्यक्तित्वहरु प्रेम बहादुर बानिया, चित्र केसी, अशोक खड्का लगायतले मन्तव्य राख्दै समाजको कामप्रति धन्यवाद प्रकट गर्दै सामाजीक सेवामा अझै सशक्त भएर लाग्न अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा स्थानिय सञ्चारकर्मी, सैनामैना सेवा समाज यूएईका सदस्य तथा स्थानियहरुको पनि उपस्थितिरहेको थियो । कार्यक्रमको अध्ययता गर्दै समाजका सचिव विष्णु पन्थीले आर्यन बगालेको अस्वस्थको खबर सञ्चार माध्यममा सुनेपछि समाजको तर्फबाट आर्थिक संकलनसंगै सामाजीक अभियानमा जुटेको बताए ।

यो संगै समाजले सैनामैना ३ का अशक्त विष्णु कुमारी बि.क. र सैनामैना ४ का पुतली दर्जीलाई ह्विलचियर तथा सैनामैना ७ का ईन्द्रमणि पौडेल, सैनामैना १० का बेलबहादुर ढेंगा र शोभा थापालाई आर्थिक रकम सहयोग गर्ने सचिव पन्थीले बताए ।कार्यक्रमको स्वागत मन्तव्य सैनामैना यूएई समाजका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डेले राखेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार भुवन जिसिले गरेका थिए ।

सम्बन्धित शिर्षक :