लुम्बिनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी एवं आरोग्य दिवस मनाइयो

स्वास्थ्यसमाचार /प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धन्वन्तरी तथा राष्ट्रिय आरोग्य दिवस लुम्बिनी आयुर्वेद चिकित्सालयमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समितिको आयोजनामा वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा धन्वन्तरी जयन्ती मनाइएको हो।देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बिकास समिति शिब ज्ञाबलीको अध्यक्षता लुम्बिनी प्रदेश…