जन्मदिनको खर्च बिरामीको उपचारमा खर्चिए कांग्रेसका नेता पन्थीले

स्वास्थ्यसमाचार/ गुल्मीका काँग्रेस सचिव खिलध्वज पन्थीले  आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर बिरामीको उपचारमा खर्चिएका छन् ।

पन्थीले आफ्नो ४५ औं जन्मदिनमा परेको र  त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको मदाने गाउँपालिका ५ मलागिरीका गोरखबहादुर  बिककी २५ बर्षीया छोरी बिमला बिकको उपचारका लागि आज शनिवार सदरमुकाममा बोलाएर ११ हजार रुपैयाँ हस्तान्तरण गरे ।

बिमलाको पेटमा पानी जमेको र चिकित्सकले करीब ३ लाख पर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या भएको परिवारजनको भनाइ छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :