राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपतिको राजीनामा माग्दै प्रदर्शन

स्वास्थ्य समाचार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति डा संगीता भण्डारीको राजीनामा माग गर्दै घोराहीमा बिरोध प्रदर्शन गरिएको छ।

भण्डारीको राजीनामा माग गर्दै आज घोराहीबासीले विरोध ९यालीको आयोजना गरे। प्रतिष्ठानको कार्यालयनजिकबाट शुरु भएको ९यालीले बजार परिक्रममा गरी कोणसभामा परिणत भएको थियो। कार्यक्रमका वक्ताहरुले कुनै पदाधिकारीको जागीर बचाइदिन दाङवासी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु घातक भएको भन्दै पदाधिकारी परिवर्तन गर्न माग गरे।

विरामीबाट चर्को शुल्क लिने, सुत्केरी आमाहरुलाई पोषण भत्ता नदिने, बिशेषज्ञ चिकित्सकको ब्यवस्था नगरी प्रतिष्ठानलाई स्वास्थ्य चौकीको स्तरमा झार्ने, आफैले भर्ती गरेका चिकित्सकलाई अपमानित हुने गरी हटाउने, जग्गाको खोजी गरी भवन निर्माण र शैक्षिक कार्यक्रमतर्फ चासो नदिने र साविक राप्ती उपक्षेत्रीय अस्पतालको जत्तिकै सेवा सुविधा कायम गर्न नगसकेको भन्दै उपकूलपतिको राजीनामाबाहेक विकल्प नभएको उनीहरुले बताए।

कोणसभालाई बीरबल खड्का, प्रमिता शर्मा, जगलाल थारु र विकिरण गौतमले सम्बोधन गरेका थिए। कार्यक्रम सञ्चालन सन्तोष पोख्रेलले गरेका थिए।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले पनि उपकूलपति भण्डारीकै कारण प्रतिष्ठान अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै उनले राजीनामा दिनुपर्ने मागसहित आन्दोलन गर्दै आएको छ।

सम्बन्धित शिर्षक :