सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चको परमादेश

स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले सूर्तिजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश अनिवार्य छाप्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

आठ वर्षअघि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सूर्तिजन्य पदार्थ नियमन गर्न बनेको नियमावली संशोधन गरी सूर्तिजन्य पदार्थको खोलमा अंकित चेतावनीयुक्त चित्र तथा ¥यापरमा ७५ प्रतिशतबाट बढाएर ९० प्रतिशत पु¥याउने निर्णय गरेका थिए ।

तर, सो निर्णय विरुद्ध पर्फेक्ट ब्लेन्ड्स प्रालिले सर्वोच्चमा रिट दायर गरेको थियो । पर्फेक्ट ब्लेन्ड्स सर्वोच्च गएसँगै सूर्तिजन्य पदार्थ विरुद्ध काम गरिरहेको संस्था एक्सन नेपाल पनि संशोधित नियमावली अनुसार सूर्ति उद्योगले ९० प्रतिशत चेतावनीयुक्त चित्र नछापेको भन्दै सर्वोच्च गएको थियो ।

रिट परेको ८ वर्षपछि सर्वोच्चले सूर्ति उद्योगको रिट खाजेजी गर्दै एक्सन नेपालका तर्फबाट हालिएको रिटको पक्षमा परमादेश जारी गरेको हो । आठ वर्षमा ३९ पटक पेसी सारिएको थियो । ४० औं पटकमा भने सर्वोच्चले सरकारको नाममा परमादेश नै जारी गरेको छ ।

सम्बन्धित शिर्षक :