औषधि व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वको लागीे निर्बाचन हुने

स्वास्थ्यसमाचार /नेपाल औषधि व्यवसायी संघ रुपन्देही शाखाको नेतृत्वको लागि भाद्र २८ गते निर्वाचन हुने भएको छ ।औषधि विक्रि वितरण गर्ने व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको संघको भदौं २८ गते निर्वाचन हुने भएको हो।

अधिवेशनले संघको आगामी नेतृत्व चयन गर्ने छ । त्यसका लागि निर्वाचनको तयारी संघले सुरु भैसकेको छ । नयाँ नेतृत्व चयन गर्ने भएपछि औषधि व्यवसायीहरुलाई चुनावी माहोलले छोएको छ ।संघको आगामी नेतृत्व सर्वसम्मत बनाउनु पर्दछ भन्ने मान्यता आम औषधि व्यवसायीहरुमा रहेको भएपनि सबै पदमा सर्वसम्मत हुने अबस्था नदेखीएको ब्यबसयीको भनाई छ ।

संघको चुनावी मैदानमा वर्तमान कार्यसमितिका उपाध्यक्ष सुरज भट्टराई र पूर्व उपाध्यक्ष जवहारलाल न्यौपानेले अध्यक्षमा प्रतिष्पर्धा गर्ने भएका छन ।दुवै जनाले अध्यक्षमा उम्मेदवारी दिने घोषणासहित आन्तरिक रुपमा चुनावी प्रचार प्रसारमा गरेका छन् । दुबै अध्यक्षले आफ्नो उम्मेदवारी व्यवसायीक हक हितका लागि वताएका छन । वर्तमान कार्यसमितिका उपाध्यक्ष सुरज भट्टराई र पूर्व उपाध्यक्ष जवहारलाल न्यौपाने दुबै अध्यक्षमा मात्र प्रतिस्पर्धा हुने संभाबना रहेको बताए । न्यौपानेले सबै पदमा निबिरोध हुने अबस्था छ कोषाध्यक्षमा पनि छलफल भैरहेको छ । अध्यक्षमा मात्र निर्बाचन हुने न्यौपानेको भनाई छ ।

न्यौपाने भन्दछन राजनितिक भन्दा नेपाल औषधि व्यवसायी संघ को हकहितको लागी उम्मेदवार दिएको बताए ।आफ्नो संघमा लामो समयसम्मको सहभागिता र योगदानका आधारमा अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरि प्रचारमा लागेको र सदस्यबाट उपाध्यक्षसम्मको जिम्मेवारी वहन गरेकोले अध्यक्षको नेतृत्व स्वभाबिक भएको बताए ।

उता वर्तमान कार्यसमितिका उपाध्यक्ष भट्टराइले भने संघमा नेतृत्व विकास गर्दै जिम्मेवारी लिने परम्परा अनुसार आफु अध्यक्ष पदमा उठ्ने र जिल्ला गठनको जिरो संरचनालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछन् । ब्यबसायीको सुरक्षा, संरक्षण,किल्नीक दर्ता, ब्यबसायीहरुलाई तालिम र अनुगमनका नाममा हुने असहज अबस्थालाई सहज बनाउने र ब्यबसायीक मैत्री संघ बनाउने आफनो एजेन्डा रहेको भट्टराईको भनाई छ ।

अञ्चल शाखाबाट जिल्ला शाखा बन्दै गरेको अवस्थामा हुन लागेको चुनावमा ५ सय २० मतदाता कायम भएको औषधी ब्यबसयी संघले रुपन्देहीले जनाएको छ ।निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, उपकोषाध्यक्षसहित खुल्ला सदस्य ३ गरि ९ सदस्यिय समिति निर्वाचित हुने छ ।समितिको कार्यकाल ३ बर्षको हुने छ ।

मुलुक संघीय संरचनामा गएपछि औषधी व्यवसायी संघले पनि आफ्नो पुरानो ढाचामा परिर्वतन गरि नयाँ स्वरुप तयार गरिएको हो । विधान संशोधन गरि परिर्वतन गरिएको ढाचा अनुसार नया नेतृत्व चयन हुने संघले जनाएको छ । जस अनुसार यस अघि कायम रहेको अञ्चलगत स्वरुपलाई हटाएर जिल्ला र प्रदेश संघ गठन हुने प्रावधान रहेको छ ।

करिव ४२ वर्षअघि काठमाडौंमा संघको स्थापना भएको इतिहास छ । त्यसपछि अञ्चल शाखाहरु गठन भएका हुन । त्यसैगरि विभिन्न उपशाखा कार्यालय पनि विस्तार गरिएको छ । नेपालमा बार्षिक रुपमा करिव ५० अर्बभन्दा बढीको औषधिको कारोबार हुने गरेको अनुमान छ ।

सम्बन्धित शिर्षक :