आयुर्वेद क्षेत्रको लागी कोरोना अबसर बन्यो :नगर प्रमुख सुबेदी

स्वास्थ्यसमाचार /स्थानीय जनप्रतिनिधिको सहभागितामा आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि समान्वयात्मक समिक्षा गोष्ठी बुटबलमा सम्पन्न भएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबलको आयोजनामा उक्त कार्यक्रम भएको समिक्षा गोष्ठी सम्पन्न भयो ।

समिक्षा गोष्ठीको एक कार्यक्रमका बिच बुटबल उपमहानगर पालिकाका नगरप्रमुख शिबराज सुवेदीले गरे ।उक्त समिक्षामा बोल्दै नगरप्रमुख शिबराज सुवेदीले आयुर्वेद क्षेत्रको लागी कोरोना अबसर बनेको बताएका छन।पछाडी परेको आयुर्वेद क्षेत्रकोरोना महामारीमा पछि बिस्तार अघि बढदै गएको बताए।सरकारले निति नियम संरचना र आयुर्वेमा आबश्यक दरबन्दी सबै क्षेत्रमा हेर्ने दिष्टीकोण परिबर्तन गर्नुपर्ने आबश्यक रहेको बताए ।

 

नगरपालिकाले आयुर्वेलाई प्राथामिकता दिएर काम गरेको बताए ।अहिले पनि बुटबल उपमहानगरपालिका आयुर्वेलाई को २५ लाख बजेट बिनीयोजन गरेर औषधीकोरोना खरिद गरेको बताए । बुटबलमा रहेको आयुर्वेद चिकित्सालयलाई नगरपालिमा मातहत रहदा आबश्यक दबरबन्दी ल्याब लगायतका संरचना ब्यबस्थापन गरेको बताए ।

सैनामैना नगरपालिका उप प्रमुख बिना रानाले ५ बर्ष सम्ममा आयुर्वेद नगरपालिकामा नगएको र भरखरै गएकोले आफुहरुले यस क्षेत्रलाई उकास्नको लागी पहल नभएको बताईन ।प्रदेश स्वास्थ्य निर्देशनालय बुटबलका निर्देशक डा बिनोद गिरीले जिल्लामा अहिले सम्म कस्ता काम भएका छन अब के गर्ने भन्नेबारे राम्रो समिक्षा गर्ने र त्यस अनुसार आयुर्वेलाई अघि बढाउने खालका काम गर्नु पर्ने बताए ।

रुपन्देहीमा रहेका आयुर्वेद कार्यलयका स्वास्थ्य कर्मि स्थानिय जनप्रतिनिधि सहभागी कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेल प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ट कबिराज निरिक्षक गणेश सापकोटा,  वरिष्ट कबिराज निरिक्षक रबिन्द्र मिश्र वरिष्ट कबिराज निरिक्षक नरहरी अर्याल , गिता ज्ञाबली लगायतले शुभकामना ब्यक्त गरेको थिए ।

कार्यक्रमको संञ्चालन लुम्बिनी आयुर्वेद चिकित्सालका बैद्य बिष्णु हरि आर्चायले गरेका थिए ।कार्यक्रम तथा सेवा निबृत भैसक्नु भएका तप्त पौडेल तथा सेवा निबृत हुनलाग्नु भएका रबिन्द्र मिश्र लाई सम्मान गरिएको थियो ।नगरप्रमुख सुबेदी स्वास्थ्य निर्देशक डा बिनोद गिरीले दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।

सम्बन्धित शिर्षक :