गुल्मी जिल्लाअस्पतालका नवनियुक्त अध्यक्षद्धारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेले पदभार ग्रहण गरेका छन् ।  अस्पतालको नियमित बैठकको अवसर पारेर पाण्डेले पदभार ग्रहण गरेका हुन् । जिल्ला समन्वय समिति प्रमुख, रेसुङ्गा नगरपालिकाका मेयर एवम् प्रमुख जिल्ला अधिकारीले पाण्डेलाई पदभार ग्रहण गराएका हुन् ।

कार्यक्रमकै अवसरमा अस्पताल विकास समितिमा रहेर काम गर्ने पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख एवम् अस्पतालका पूर्व अध्यक्ष लक्षमण पराजुली, पूर्व सदस्य श्रीप्रसाद भलामी र माया श्रीसलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

सम्मान पत्र ग्रहण गर्दै समन्वय समिति प्रमुख पराजुलीले सम्मान गरेकोमा अस्पताललाई ध्रन्यवाद दिए । त्यसका साथै उनले आफ्नो कार्यकालमा सुधारको प्रयास गरेकोले उक्त कार्यलाई निरन्तरता दिन वर्तमान समितिलाई आग्रह गरेका थिए । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले सबै मिलेमा अस्पतालको एकीकृत विकास हुन सक्ने धारणा राखे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी पुण्ड्यविक्रम पौडेलले संविधानले उल्लेख गरेका स्वास्थ्यसम्बन्धि अधिकार उपलब्ध गराउन सकेपनि उत्कृष्ट हुने बताए । नवनियुक्त अध्यक्ष पाण्डेले विगतमा भएका सुधारका कामलाई निरन्तरता दिने र थप काम गर्नेतर्फ आफ्नो समुह उन्मुख रहने प्रतिक्रिया दिए ।

त्यस्तै रिक्त रहेका दरबन्दीको पदपूर्ति गर्ने, अभाव रहेका औषधीको पूर्ति गर्ने लगायतका बिषयमा आफ्नो ध्यान रहने पाण्डेले बताए । कार्यक्रममा अस्पतालका निमित्त प्रमुख डाक्टर उत्तम पच्या, प्रेस सेन्टर गुल्मीका अध्यक्ष तिलाचन पाण्डे लगायत अस्पतालका विभिन्न कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक :