गुल्मी जिल्ला अस्पतालमा विशेषज्ञ सल्य चिकित्सा सेवा संञ्चालन हुने

स्वास्थ्यसमाचार/ गुल्मी जिल्ला अस्पतालमा बिशेषज्ञ सल्य चिकित्सासेवा संञ्चालन हुने भएको छ। आज स्वास्थ्य जनसंख्या मन्त्रालय जिल्ला अस्पताल गुल्मी र लुम्बिनी मेडिकल कलेज पाल्पा बिच त्रिपक्षीय सम्झौता भएको हो।

संघिय स्वास्थ्य मन्त्रालयको तर्फवाट प्रमुख विशेषज्ञ डा गुणराज लोहोनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सचिब डा विकास देबकोटा र गुल्मी जिल्ला अस्पतालबाट डा उत्तम पाच्य र लुम्बिनी मेडिकल कलेजप्रवास पाल्पाबाट गोपाल बहादुर पोखरेलले स्याटेलाइट सर्जिकल सेवा समन्धीपत्रमा हस्तास्क्षर गरेका छन।

सरकारले मेडिकलकलेजले स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिशेषज्ञ सल्य चिकित्सासेवा उपलब्ध गराउने समन्धी कार्यबिधी २०७८ अनुसारसम्झौता भएको छ।अब जिल्ला अस्पताल तम्घासमा लुम्बिनी मेडिकलकलेज का बिशेषज्ञ टोलीले स्याटेलाइट बिशेषज्ञ सेवा दिने छन।

केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूको स्याटेलाइट अस्पताल सञ्चालन सम्बन्धी निर्देशिका अनुसार सेवा सञ्चालन गर्न लागिएको स्वास्थ्य सचिब डा बिकास देबकोटाले बताए । लुम्बिनी मेडिकल कलेज र जिल्ला अस्पताल बिच चैत्र १ गतेदेखि असार मसान्तसम्म सेवा सञ्चालन गर्ने गरी सम्झौता भएको छ।

सम्झौता अनुसार प्रत्येक जिल्ला अस्पताल तम्घासमा लुम्बिनी मेडिकल कलेजवाट विशेषज्ञ चिकित्सकको टोलीले अस्पताल पुगेर बिभिन्न सेवा दिनेछन अस्पतालमा बिभिन्न विधाका विशेषज्ञ चिकित्सकको टोली जिल्ला अस्पताल गुल्मीमा जानेछन्।सेवा सञ्चालन भएपछि जनताले पाल्पामेडीकल कलेजबाट पाउने विशेषज्ञ सेवा पाउने डा देबकोटाले बताए।

सेवा सञ्चालनका लागि स्वास्थ्य जनसंख्या मन्त्रालयले बजेट बिनियोजन गरेको छ। सम्झौता कार्यक्रममा डा विनोद गिरी स्वास्थ्य निर्देशक,डा राजेश राक्य, अनिरुद्ध पन्थी,राजेन्द्र पन्थी,डा नरेन्द्र कुमार खनाल, डा पुष्पराज पौडेल,डा आधार ओली,प्रेम प्रसाद पन्थी कृष्ण प्रसाद पराजुली र शिवहरी मरासीनीलगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित शिर्षक :