स्वास्थ्य सचेतना कार्यक्रम गर्दै प्रेस चौतारी रुपन्देहीले मनायो स्थापना दिवस

स्वास्थ्यसमाचार/ आफ्नो २४ औं स्थापनादिवसको अवसर पारेर प्रेस चौतारी नेपालले विभिन्नकार्यक्रम गरेको छ । यसैबीच प्रेस चौतारी नेपाल, रुपन्देहीशाखाले शनिबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । बुटवल, भैरहवा र सैनामैनामा मास्कवितरण गरिएको प्रेस चौतारी रुपन्देहीकाअध्यक्ष लक्ष्मण पौडेलले बताए ।

बुटवलको नयाँबसपार्कमाआयोजितकार्यक्रममाबोल्दै प्रमुखअतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत के.सी.ले कोभिड–१९ महामारीबाट बच्न र बचाउन मास्कवितरण कार्यक्रम प्रभावकारी भएको बताए । उनले श्रमजीवि पत्रकाहरुको हकहितकालागि संगठन आगामी दिनमाअझ सशक्तभएर अघि बढ्ने बताए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्यतथा रुपन्देहीजिल्लाइञ्चार्ज प्रदिपआचार्य, रुपन्देहीजिल्लाअध्यक्ष लक्ष्मण पौडेल, नेकपा (एमाले) बुटवल उपमहानगर पालिका कमिटी अध्यक्षकिसन ज्ञवालीले स्वास्थ्य मापदण्ड पालना गरेर कोरोनामहामारीबाट आफू पनिबच्न र अरुलाई पनिबचाउनपर्नेमाजोडबताए ।

त्यस्तै प्रेस चौतारी नेपालको २४ औं स्थापनादिवसको अवसरमाशनिबार भैरहवामा स्वास्थ्य सचेतना कार्यक्रमगरिएको छ । स्थापना दिवस रुपन्देही शाखाले जिल्लाका विभिन्नपालिकाहरुमा स्वास्थ्य सचेतना कार्यक्रम गरी मनाउने कार्यक्रमअनुसार भैरहवास्थित मिलनचोकमा मास्क वितरण गरिएको प्रेस चौतारी नेपाल रुपन्देहीका सह–सचिव रबिन्द्र प्रतापगुप्ताले बताए ।

प्रेस चौतारी नेपालकापूर्व केन्द्रीय सदस्य कुलमणि ज्ञवालीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ कार्यक्रम गरेकाथिए । सो अवसरमाबोल्दै ज्ञवालीले कोभिड–१९ संक्रमणबाट बच्न र बचाउन सञ्चार माध्यमबाट पनि सचेतना फैलाउनुपर्ने बताए ।कार्यक्रममा प्रेस चौतारी नेपाल रुपन्देहीकापूर्व उपाध्यक्ष अरुण ज्ञवाली, कार्यसमिति सदस्य मोहम्मदहबिब, पत्रकार दीपेश पछाई, शशिपन्थी, महेश गुप्ता, श्री रायमाझी, आयुशअधिकारी, भीम भण्डारी, सचिन्द्र तुलाधर लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै स्थापनादिवसको अवसरमा सैनामैनाको मुर्गियामा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ ।सैनामैना नगरपालिकाका प्रमुखचित्रबहादुर कार्कीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेकाथिए । सो अवसरमाबोल्दै नगरप्रमुख कार्कीले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला शाखाको कार्यक्रमअन्तर्गत सैनामैनामा पनिकार्यक्रम गरी कोभिड महामारीको समयमा स्वास्थ्यप्रति सचेत गराउँदै मास्कवितरण कार्यक्रमगर्नु सकारात्मक रहेको बताए । उनले श्रमजीवि पत्रकारहरु को हकहितकालागि संगठनले उत्कृष्ट कार्यगर्दै अघि बढ्नुपर्नेमाजोड दिदै स्थापनादिवसको अवसरमा शुभकामनाव्यक्तगरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत के.सी.ले स्थापनादिवसको अवसरमाकोभिड—१९ को संक्रमणको जोखिमकायमै रहेकाले सवारीचालक, सह–चालक र यात्रुसँगै अन्य सर्वसाधारणलाई सचेत गराई मास्कवितरण गर्नु उदाहरणीय रहेको बताए । उनले श्रमजीविपत्रका हरुको हकहितकालागि संगठन आगामीदिनमाअझ सशक्तभएर अघि बढ्ने प्रतिबद्धता व्यक्तगरे ।

कार्यक्रम प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव केशव भण्डारीको अध्यक्षता, सैनामैनानगरपालिकाकाप्रमुखचित्रबहादुुर कार्कीको प्रमुखआतिथ्यता, नेकपाएमाले सैनामैनाकाअध्यक्ष चेत नारायण न्यौपानेको विशिष्टआतिथ्यता, प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसी, केन्द्रीय सदस्यतथाजिल्लाइञ्चार्ज प्रदिपआचार्य, केन्द्रिय सदस्ययुवराज पाण्डे, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुखजीवन लामिछाने, सैनामैनाव्यापार संघका अध्यक्ष गणेश प्रसाद भुसालको आतिथ्यतामा सम्पन्नभएको हो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल रुपन्देहीका सह–सचिवदिपकन्यौपाने, कार्यसमितिपदाधिकारी, सदस्य लगायतको उपस्थितिथियो । प्रेस चौतारी नेपाल रुपन्देहीका जिल्लासदस्य टिकाराम खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्नभएको थियो ।

 

 

सम्बन्धित शिर्षक :