नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक :डब्ल्यूएचओ

बेलायतले रोक्यो ६ वटा देशको उडान

स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा फेरि पनि फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । सो भाइरस विश्वभर फैलन नदिन यात्रामा प्रतिबन्ध लगाउन पनि डब्लुएचओले आग्रह गरेको छ । नयाँ स्वरुपमा देखा परेको भाइरसलाई ओमिकर्न नामाकरण गरेको डब्लुएचओले बेलैमा सचेत नभए यसअघिको भन्दा बढी क्षति व्यहोर्नुपर्ने चेतावनीसमेत दिएको छ ।

यो भाइरस पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेकाले अन्यत्र फैलन नदिन सावधानी अपनाउन पनि डब्लुएचओले आग्रह गरेको बीबीसीले जनाएको छ । सो भाइरसको संक्रमण बेल्जियम, इजरायल, बोत्सवान र हङकङमा पनि देखा परेको डब्लुएचओका अधिकारीहरुले दावी गरेका छन् । युरोपेली युनियन र बेलायतले फेरि पनि दक्षिण अफ्रिकाका धेरै मुलुकको यात्रामा प्रतिवन्ध लगाइसकेको जनाएका छन् ।

यता डब्लुएचओले सो भाइरसको संक्रमण र त्यसको असरका बारेमा थप अनुसन्धान पनि भइरहेको जनाएको छ । डब्लुएचओको अफ्रिकी क्षेत्रिय खोप प्राविधिकसल्लाहकार समूहका अध्यक्ष हेलेन रीसले नयाँ भेरियन्टमा कोरोनाको खोपको प्रभावकारीताका बारेमा अध्ययन भइरहेको बताए । कोरोनाको यसअघि आएको महमारीका कारण अफ्रिकामा मात्र तीन करोड भन्दा बढी संक्रमित भएको र करिब एक लाख मानिसको मृत्यु भएको बताइएको छ ।

सम्बन्धित शिर्षक :