लुम्बिनी वौद्ध विश्वबिद्यालयमा मंसिर १४ गते मुटृुरोग शिबिर हुने

स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय दिवसको अवसरमा मंसिर १३ गते बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान र मंसिर १४ लुम्बिनीमा मुटृुरोग स्वास्थ्य शिबिर आयोजना गरेको छ ।

गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालको सहकार्यमा हुने स्वास्थ्य शिबिरमा मुटुरोगसहित पेट, छात्ति तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरु सहभागि शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले वताए। शिबिरमा औषधी देखी सबै निशुल्क हुने बताए ।

०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउदैछ । दिवसको मुख्य कार्यक्रममा प्रमुख अथितिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुने भएकिछन ।

सो अवसरमा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले बौद्ध विश्वविद्याले यो अवधिमा देखिनेगरी शैक्षिक क्षेत्रमा शसक्त भन्दै खुसी व्यक्त गरे । लुम्बिनी र बौद्ध शिक्षाको प्रवद्र्धनमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने उनको भनाई थियो ।

 

सम्बन्धित शिर्षक :