राष्ट्रिय स्वास्थ्यकर्मी संघ तिलोत्तमा नगर अध्यक्षमा केशव भट्टराई

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी संघ तिलोत्तमा नगरस्तरीय नगर भेला तथा कार्यसमिति गठन भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी संघरुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पोखरेलको अध्यक्षता एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्र्चाज दधिराम न्यौपानकोे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै न्यौपानेले स्वास्थ्य क्षेत्रमा भएका बिकृति र बिसंगतीहरुलाई हटाउन संगठनको भुमिका महत्वपुर्ण हुने र सबै स्वास्थ्यकर्मिहरु त्यहि अनुसार लाग्नु पर्ने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका नगरप्रमुख वासुदेब घिमिरेले नगर उपप्रमुख जागेश्वरी देबी चौधरी तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका महासचिब भास्कर आत्रेय राष्ट्रिय स्वास्थ्यकर्मी संघ का केन्दीय सदस्य चिन्तामणि ज्ञवाली र राम प्रसाद गौतमले पेशागत महासगका केन्द्रीय सदस्य खगराज पोखरेल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

भेलाले स्वास्थ्यकर्मी संघ नेपाल तिलोत्तमा नगरस्तरीय समिति गठन गरेको छ समितिको अध्यक्षमा केशव भट्टराई उपाध्यक्ष बिक्रम कालिराम महिला उपाध्यक्ष शुसिना भट्टराई सचिब हुमानाथ पान्डे कोषध्यक्ष केशब पराजुली सहसचिव मेघराज अधिकारी सदस्यहरु चोपलाल सापकोटा,अप्सना जिसि, निमलाल भट्टराई ,रमेस भाट,निशा क्षेत्री बिमलाल भटराई शिशिर पान्डे मुना अर्याल रहेको अध्यक्ष भट्टराइले बताए ।

सम्बन्धित शिर्षक :