लुम्बिनीको स्वास्थ्य मन्त्री इन्द्रजित थारु राज्यमन्त्री विमला वली

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजित थारु र राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली भएका छन । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

स्वास्थ्य जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजित थारु दाङ क्षेत्र नं. १ वाट निर्वाचित सांसद हुन् । तत्कालिन मुख्य मन्त्री शंखर पोखे्रलले बैसाख ६ गते पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरेका थिए ।

बैसाख ६ गते पहिलो पटक स्वास्थ्य मन्त्रालय स्थापना गरीएपछि लुम्बिनी प्रदेशमा दुई साता मै तीन मन्त्री परिवर्तन भएका थिए । लुम्बिनी प्रदेशमा थारु चौथो स्वास्थ्य तथा जनसंख्या मन्त्रीबनेका छन ।यस्तै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वलीले पनि शपथ लिएकी छन ।स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र राज्यमन्त्री दुबै माओवादी केन्द्रवाट मन्त्री भएका छन ।

 

सम्बन्धित शिर्षक :