लुम्बिनी अर्थोपेडिक एशोसियशनको अध्यक्ष :डा राजेन्द्र सञ्जेल चयन

स्वास्थ्यसमाचार/लुम्बिनी क्षेत्रमा कार्यरत अर्थोपेडिक सर्जनहरुको भेलाले ‘अर्थोपेडिक एशोसियशन लुम्बिनी’ च्याप्टर गठन गरिएको छ ।डा. राजेन्द्र सञ्जेल क्षेत्रीको अध्यक्षतामा नेपाल अर्थोपेडिक एशोसियशन लुम्बिनी च्याप्टर गठन गरिएको हो ।

लुम्बिनी क्षेत्रका कार्यरत अर्थोपेडिक सर्जनहरुको शनिबार बुटवलमा भएको भेलाले शैक्षिक तथा अनुसन्धानात्मक कृयाकलाप सञ्चालन गर्नेगरी एशोसियशन गठन गरिएको महासचिव डा. गोपाल प्रसाद ज्ञवालीले जानकारी गराए ।

गठित समितिको वरिष्ठ उपाध्यक्षमा डा. जावेद अहमद खान, उपाध्यक्षमा डा. कृष्ण खरेल, महासचिवमा डा. गोपालप्रसाद ज्ञवाली, सहसचिवमा डा. सागर क्षेत्री पन्थी, कोषाध्यक्षमा डा. कपिलमणी केसी र सहकोषाध्यक्षमा डा. किशोरमान श्रेष्ठलाई चयन गरिएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा डा. आलोक पाण्डे, डा. युधिष्ठिर खड्का, डा. स्रेसल श्रेष्ठ, डा. मनिष गुप्ता, डा. मन्दिर खत्री र डा. सवलकृष्ण श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै डा. किशोर खत्री, डा. राजिव द्विवेदी, डा. ईन्द्र ढकाल र डा. प्रकृतीराज कंडेललाई सल्लाहकारमा चयन गरिएको छ ।

शाखाले यश क्षेत्रमा कार्यरत अर्थोपेडिक सर्जनहरुको एकता, ज्ञान सीप आदान प्रदान , गोष्ठी सेमिनार लगायत शैक्षिक कृयाकलाप गर्ने  अध्यक्ष डा राजेन्द्र सन्जेल छेत्रीले बताए।निकट भबिस्यमा नेपाल अर्थोपेडिक एसोसिएसनको अन्तरास्ट्रिय गोष्ठी यस क्षेत्रमा आयोजना गरिने डा क्षेत्रीले बताए ।

सम्बन्धित शिर्षक :