महेश्वर श्रेष्ठ स्वास्थ्यराज्य मन्त्रीको प्राविधिक सल्लाहकार नियुक्त

स्वास्थ्यसमाचार /स्वास्थ्य तालिम केन्द्र लुम्बिनी निर्देशक महेश्वर श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा नियुक्त भएका छन।
महेश्वर श्रेष्ठलाई राज्यमन्त्री श्रेष्ठले सोमबार प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन । प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख रहेका श्रेष्ठलाई आइतबार मात्रै स्वास्थ्य मन्त्रालयमा तानिएको थियो।

स्वास्थ्य शिक्षा समूह अन्तर्गत ११औं तहका कर्मचारी रहनु भएका श्रेष्ठ जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन । कर्मचारी समायोजनका क्रममा उनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा आएका थिए ।जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव श्रेष्ठ स्वास्थ्य सेवा करिअरमा आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख भएर हाँकेपनि केन्द्रमा अवसर पाएका थिएनन् ।

सम्बन्धित शिर्षक :