७ जना डाक्टर दशौं तहमा स्तरवृद्धि

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात जना डाक्टरको दशौँ तहमा स्तरबृद्धि गरेको छ । मन्त्रालयले आइतबार उहाँहरुको स्तरबृद्धि गरेको हो ।

स्तरबृद्धि हुनेहरुमा गुल्मी अस्पतालका मेसु डा उत्तम पच्या, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी र दमौली अस्पतालमा मेसु डा सुनील पौडेल रहुनभएको छ ।

यस्तै सेती अस्पतालका कन्सलट्यान्ट डा जगदीश जोशी, प्युठान अस्पतालका मेसु डा नविन दर्नाल, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरामा कार्यरत कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेल र बरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहताको पनि दशौं तहमा स्तरवृद्दि भएको छ ।

 

सम्बन्धित शिर्षक :