स्वास्थ्य तालिमकेन्द्रका निर्देशक श्रेष्ठ स्वास्थ्य मन्त्रालयमा सरुवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।
स्वास्थ्य शिक्षा समूह ११औं तहका महेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।

समायोजनसँगै लुम्बिनी प्रदेशमा कार्यरत श्रेष्ठलाई मन्त्रालयमा तानिएको हो।जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव श्रेष्ठ स्वास्थ्य सेवा करिअरमा आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख भएर हाँकेपनि केन्द्रमा अवसर पाएका थिएनन् ।

श्रेष्ठलाई मन्त्रालय वा विभाग अन्तर्गतको कुनै महत्वपूर्ण महाशाखामा जिम्मेवारी तयारीका साथ मन्त्रालय ल्याइएको हो ।सो समूहमा ११तहका चार जना भएपनि डेमोक्रयास समूहबाट श्रेष्ठ प्रभावशाली छन।

सम्बन्धित शिर्षक :