लुम्बिनी प्रादेशीकअस्पताल अक्सीजनमा आत्मर्निभर ,वार्षिक ३४ लाख बचत

स्वास्थ्यसमाचार/ गत बर्ष लुम्बिनी प्रादेशीक अस्पताल बुटबल अक्सीजनमा आत्म निर्भर भएको छ । अस्पताललाई आबश्यक पर्ने अक्सीजन अस्पतालमै उत्पादन भएपनि आत्मनिर्भर भएको हो ।गत बर्ष रोटरी क्लब अफ बुटवलले अक्सिजन जेनेरेसन प्लान्ट हस्तान्तरण गरेपछि अस्पतालमा अक्सीजन उत्पादन सुरु गरेको थियो ।

गत बर्ष देखी अस्पतालले अक्सिजन जेनेरेसन प्लान्टबाट अस्पतालमै अक्सीजन उत्पादन सुरु गरेपनि अस्पतालमा आबश्यक अनुसार नभएपनि यस बर्षबाट अस्पतालाई आबश्यक अक्सीजन अस्पतलमै उत्पादन छ ।अस्पतालका प्रमुख मेसु डा कृष्ण प्रसाद खनालले भने गत बर्ष रोटरी क्लब अफ बुटवल लाख, रोटरी क्लब जयपुर डिस्ट्रिक ३२३० भारतको लाख र रोटरी फाउन्डेसनको लाख गरी कुल ५० लाख रुपैयाँ लगानीमा अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको थियो ।

गत बर्ष हामीले अस्पताललाई सबै पुराउन सकेका थिएनौ यस बर्ष हामी आबश्यक पर्ने अक्सीजन अस्पतालमै उत्पादन भै कार्यगरिहरेको बताए ।हामी अस्पताललाई ३४ लाख भन्दा बढीको अक्सीजन ल्याउने गर्दथ्यौ अबदेखी यो रकम बचत भएको छ । अरु कुनै ईर्मेजेन्सी आबश्यक भए हामी उनीहरुलाई अक्सीजन दिन सक्ने भएका छौ खनालले भने।

हामीलाई आबश्यक पर्ने सिलीन्डर खरिद गरेका हौ अरु अक्सीजन अस्पतालमै उत्पादन भएको छ । यसबाट पैसाको बचत भएको छ भने अक्सीजन खरिद गर्ने समस्या पनि अन्त्य भएको खनालले बताए ।

सम्बन्धित शिर्षक :