अमेरिकाको जोन्सन खोप र चीनको भेरोसेल खोपमा के फरक छ ?

डा रबिन्द्र पान्डे जनस्वास्थ्य विज्ञ

स्वास्थ्यसमाचार/ जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।

– जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।

 

– जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबडी तयार हुन्छ ।

– जोनसन खोपले दुर्लभ रूपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रूपमा बताइएको छैन ।

– जोनसन खोप सामान्य लक्षण रोक्न ७२ ५, सिकिस्त नबनाउन ९६ ५ र कोभिडबाट मृत्यु रोक्न १०० ५ प्रभावकारी छ भने भेरोसेल खोप सङ्क्रमण रोक्न ५० – ७९ ५ तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० ५ प्रभावकारी भनिएको छ ।

– जोनसन खोपलाई अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन र अफ्रिकन देशमा मान्यता दिइएको छ । खोपको व्यापारिक तथा राजनैतिक प्रतिस्पर्धाको कारण अहिले मान्यता जे भए पनि केही समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ ।

– दुवै खोपले कोरोना सङ्क्रमण सरे पनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् ।

– ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ । जुन ३/४ दिनमा ठिक हुन्छ ।

– रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ ।
– तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् ।

– दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने निश्चित छैन । समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अवधि थाहा हुन्छ ।

– आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरूको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भए पनि यी दुवै खोप ध्ज्इ बाट मान्यता प्राप्त र दर्जनौँ देशमा लगाइएका खोप हुन् ।

– डेल्टा भेरिअन्टको लागि दुवै खोप प्रभावकारी छन् ।

– दुवै खोप करोडौँ व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर विकास भएका हुन् ।

– हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यही लगाउनु बुद्धिमानी हुन्छ ।

यो सामाग्री डा रवीन्द्र पाण्डेले तयार पारेका हुन् ।

सम्बन्धित शिर्षक :