लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना खोप लगाउन लाईनबस्नु नपर्ने

घरैवाट फोन गर्नुस आफनो पालो आउदा खोप लगाउन पालोमा जानुस

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतल बुटबलमा साउन ८ गते देखी वैदेसिक रोजगारीमा जानेलाई लगाउन सुरु गरिएको जोनसनको खोप लगाउन अब लाईन लाग्नुपर्ने बाध्यता हटेको छ । चर्काेगर्मिको कारण खोपलगाउनेहरुलाई समस्या र बढी भिडभाड भएकोले यस्तो ब्यबस्था गरिएको हो।

अब खोप लगाउन जादा अस्पतालमा सम्पर्क गरि नाम टिपाउने र आफनो पालो आएपछि खोपलगाउन जाने ब्यबस्था गरिएको लुम्बिनी प्रादेशीक अस्पताल बुटबलका नर्सिड ईन्र्चाज ज्योती पौडेलले बताईन । अस्पतालमा निम्न नम्मरमा सम्पर्क गर्न पनि पौडेलले सरोकारवाला लाई आग्रह गरिन। बिहान ८ बजे देखी ६ बजे सम्म नाम दर्ता गर्न सकिने छ ।

सम्पर्क गर्नको लागी निम्न नम्मर राखिएको उनले आग्रह गरिन ।९८६७५२३९७७,९८४३४५६५९०,९८०६९२६१८६अस्पताललमा ८ गते देखी सुरु भएको बैदेशिक रोजगारीमा जाने ५सय लाई जोनसनको खोप लगाईएको पौडेलले बताईन ।

खोपलगाउन जानेले अनिर्बाय रुपमा भिषा पार्सपोट अनिबार्य लिएर आउनु पर्ने पौडेलले बताईन ।कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई १५ लाख ३८ हजार खोप उपलव्ध गराएको थियो ।रुपन्देही जिल्लामा २ अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र भिम अस्पताल भैरहवाट बैदेशिक रोजगारीमा जानेलाई खोप लगाईएको छ ।

 

सम्बन्धित शिर्षक :