१२बर्षसम्म औषधी खुवाउँदा पनि किन निबारण भएन बाँकेमा हात्तिपाईले रोग?

बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलेको १२ वर्ष पूरा भइसकेको छ । हात्तीपाइले रोगको उच्च जोखिममा रहेको बाँकेमा सबैले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरेकै कारण अहिलेसम्म यो अभियान चलिरहेको हो । बाँकेमा गतवर्ष ६८ प्रतिशतले औषधि सेवन गरेका थिए । जिल्लामा २०६६ सालदेखि २०७७ सालसम्म ११ बर्ष २ प्रकारका औषधिहरु डिईसि र अबलेन्डाजोल प्रयोग गरिएकोमा २०७८ बाट भने ३ प्रकारका औषधिहरु डिईसि, अबलेन्डाजोल र इभरमेट्रिन आमऔषधि खुवाउन सुरु गरिएको छ । २ प्रकारका औषधिलगातार ५ वर्षसम्म र ३ थरिका औषधि निरन्तर २ वर्षसम्म कम्तिमा ८० प्रतिशत लक्षित…