प्रधानमन्त्री देउवाद्वारा एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगमा ध्यान दिन आग्रह

स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गर्नुभएको छ । एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै उहाँले एन्टिमाइक्रोबियल रेजिस्टेन्स न्यूनीकरणका लागि सबै वर्ग र समुदायमा सङ्क्रमण रोकथाम तथा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगको व्यापक चेतना वृद्धि गर्न अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले कुनै एक क्षेत्रको पहलबाट मात्रै यस बहुआयामिक समस्याको समाधान हुन नसक्ने हुँदा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य, वातावरणलगायत ‘एक स्वास्थ्य’ अवधारणाका सम्पूर्ण सरोकारवाला निकायमा यसलाई महत्वपूर्ण मुद्दाका रुपमा प्राथमिकीकरण गरी ठोस कार्ययोजना निर्माण गर्न आह्वान गर्नुभएको छ…