हाम्रो शरीरमा (मधुमेह )चिनीरोग छिरे पछि गर्न सक्ने ‘पाँच घातहरु’

(मधुमेह )चिनीरोगबारे धेरैले सुनेका छन् । तर थोरैले मात्र बुझेका छन् । यो रोगका महत्वपूर्ण र खतरनाक पक्षहरुबारे चर्चा गर्न विश्व मधुमेह दिवसका अवसरमा सान्दर्भिक ठान्दछु । विश्व मधुमेह दिवस सन् १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर १४ का दिन मनाइन्छ । नोभेम्बर १४ मा इन्सुलिनका आविष्कारक फ्रेडरिक बेन्टिङ्ग जन्मिएका थिए । मानव शरीरभित्र चिनी पचाएर उर्जामा बदल्ने काम इन्सुलिनले गर्दछ । यो महत्वपूर्ण रसायन–इन्सुलिनको आविष्कार सन् १९२१ मा भएको थियो । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग मधुमेहको नामबाट परिचित हुनपुग्यो । आधुनिक सभ्यता,…