स्वास्थ्य क्षेत्रका समस्या सामाधानको खाका ल्याउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको सामाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन। मन्त्री नियुक्त भएपछी पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रीफिङ्सहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन । ञसबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाइ लिखित रुपमा समाधानका बिकल्प लिएर आउनुहोला, टिमवर्क…

डेंगु नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्दै बुटवल उपमहानगर

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगर पालिकाले डेंगु नियन्त्रणका लागि सचेतना कार्यक्रम संचालन सुरु गरेको छ। डेंगु सम्बन्धी जनचेतना जगाउने उद्देश्यले स्वयमसेबिका टोल संस्था तथा खाल्डा खुल्डी पुर्ने अभियान सुरु गरिएको हो। डेगुं एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेबाट बच्नको लागी अभियान सुरु गरिएको बुटबल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार अहिले सम्म १सय ७६ स्वयंसेविकालाई तालिम वडा नं ३ र १५ का टोल संस्थालाई तालिम पानी जमेको र खाल्डा खुल्डी पुर्ने काम दैनिक भैरहेको र सबै सरोकारवालाहरुलाई राखेर तालिम दिने तयारी गरिरहेको…

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैली शल्यक्रिया सेवा पुनः सुचारु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैली शल्यक्रिया सेवा पुनः सुचारु भएको छ । विगत केही महिनाअघिदेखि ल्याप्रोस्कोपी मेशिन विग्रीएर अवरुद्ध भएको सेवा यही साउन १ गतेदेखि पुनः सुचारु भएको हो । यो सेवा सुचारु भएसँगै विगतमा पालो कुरेर बसेका र नयाँ बिरामीहरुलाई मिलाएर शल्यक्रिया सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ । सेवा सुचारु सातामा ५/६ जना बिरामीको शल्यक्रिया गर्न सकिने अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा साताको सोमबार र विहिबार गरी दुई दिन यो सेवा उपलब्ध हुँदै आएको छ । यो सेवालाई थप बिस्तार गर्नका लागि…

प्रदेश सरकारले सोधभर्ना नदिएपछि लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकट बन्द

स्वास्थ्यसमाचार/सरकारले सोधभर्ना नदिने भएपछि लुम्बिनीका प्रादेशिक अस्पतालहरुमा विगत २ वर्षदेखि लागू हुँदै आएको निःशुल्क टिकटको सुविधा हटाइएको छ । आज साउन १ गतेदेखि नै लागू हुने गरी लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सेवा तथा जनरल वार्डमा सेवाग्राहीले शुल्क तिर्नुपर्ने भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालले साउन १ गते मंगलबार एक सूचना जारी गर्दै सेवालाई स–शुल्क गरिएको जानकारी दिएको छ । सेवाग्राहीले ओपीडी सेवाका लागि ३० रुपैयाँ र पुनः दर्ताका लागि १५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसैगरी जनरल बेडका लागि प्रतिदिन ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । अस्पतालले सेवाग्राहीलाई…

पूर्ण खोप सुनिश्चितताको चरणमा लुम्बिनी

स्वास्थ्यसमाचार/ स्वास्थ्यका सबै सूचकमा पछि रहेको लुम्बिनी खोप पूर्ण खोप सुनिश्चित अग्रस्थानमा देखिएको छ । संघिय राजधानी रहेको बागमती प्रदेशले समेत पूर्ण खोप सुनिश्चित गर्ने नसकेको अबस्थामा लुम्बिनीले भने १२ जिल्ला सुनिश्चित गरिसकेको र अब प्रदेश पनि पूर्ण खोप सुनिश्चित गर्ने तयारीमा रहेको स्वास्थ्य सचिब डा.बासुदेव उपाध्यायले बताए । उहाँका अनुसार वडा पालिका लाई प्रदेशको स्वीकृत र प्रदेशलाई संघको स्विकृत चाहिने भएकोले त्यो प्रकृयामा गएको बताए । सचिब उपाध्यायले भने –‘प्रदेशको खोप समितिबाट स्वीकृतिका लागी पत्रचार भएकोले अब साउन महिना भित्र यो लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश बन्ने छ…

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय: क्यान्सर रणनीति स्वीकृत गर्ने

स्वास्थ्यसमाचार/नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदाभारग्रहण गर्नुभएको छ । आज दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको शपथ लिनुभएका मन्त्री पौडेलले मन्त्रालय पुगेर केही बेरअघि जिम्मेवारी सम्माल्नुभएको हो । जिम्मेवारी सम्हाल्ने क्रममा मन्त्रीले पौडेलले सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताउनुभयो । आफूले प्राप्त गरेको अवसरलाई नतिजामुखी बनाउन सवै ऊर्जा लगाउने प्रतिवद्धता पनि मन्त्री पौडेलले जनाउनुभयो । स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम अगाडि बढाइने पनि मन्त्री पौडेलले बताउनुभयो । एक सातामा अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्ने पनि उहाँले जानकारी दिनुभएको छ…

प्रदीप पौडेलको बिद्यार्थी राजनीति देखी स्वास्थ्यमन्त्री सम्मको यात्रा

स्वास्थ्यसमाचार/निरकुंश पन्चायती व्यवस्था विरुद्ध सानैदेखि सुक्ष्म अवलोकन गर्न पाएका प्रदीप पौडेलले स्कुले जीवनमा नै आफूलाई राजनीतिमा समाहित गराए । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदा पौडेल सिद्धार्थ वनस्थलीमा ९ कक्षामा अध्ययनरत थिए । उमेरले १५ वर्ष मात्र पुगेका थिए उनी, प्रजातन्त्रका लागि आन्दोलनमा उत्रिँदा पन्चायती शासकले उनको आँट र साहस, हिम्मत र चुनौतिलाई देखेर हिरासतमा लियो । देशमा लोकतन्त्र र प्रजातन्त्रको आवश्यकता किन छ भन्ने स्पष्ट बुझेका र यसलाई प्राप्त गर्न आफूले जस्तोसुकै योगदान गर्न तयार भइसकेको उनले त्यति बेला नै दृढ अठोट लिए । त्यसैले पनि जब प्रदीप अमृत…

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप सहित २२ सदस्यीय मन्त्रीको सपथ

स्वास्थ्यसमाचार/नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका हुन् । तनहुँका पौडेल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा उदाएका हुन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ- केपी शर्मा ओली, प्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास विष्णु पौडेल, उपप्रधान तथा अर्थ पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृह शरतसिंह भण्डारी, श्रम तथा रोजगार…

प्रदीप पौडेल बन्ने भए स्वास्थ्य तथा जनसंख्या मन्त्री

स्वास्थ्यसमाचार/केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट सहभागि हुने मन्त्रीहरुको प्रस्तावित नाम लगभग टुंगो लगेको छ।कांग्रेस नेताहरुले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रदीप पौडेलले पाउने लगभग निश्चित भएको छ। यद्यपि सोमबार सपथ नखाएसम्म यो नाम परिवर्तन गर्न केही नेताहरु लागिरहेको बताइएको छ।कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्ने बताइएको छ। उनले ऊर्जा वा रक्षा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ। यस्तै गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया, सहरी विकासमा किशोरसिंह राठौर, पर्यटनमा रामनाथ अधिकारी, कानुन वा कुनै एकमा हृदयराम थानी…

नेकपा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त, शपथग्रहण सोमबार

स्वास्थ्यसमाचार/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल नेपाली कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह भोलि बिहान ११ बजेका लागि तोकेको छ…