स्वास्थ्यसमाचार/ नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा वासुदेव उपाध्याय नियुक्त हुनुभएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालय निर्देशकमा डा उपाध्यायलाई नियुक्त गरेको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई निर्देशकमा नियुक्त गरेको हो ।उहाँ यसअघि स्वास्थ्य तथा जनसंख्या , लुम्बिनी प्रदेशको सचिव भइसक्नुभएको छ । नरदेवीमा यसअघि डा रामदेव यादव निमित्त निर्देशक पदमा हुनुहुन्थ्यो ।डा उपाध्याय ११ औं तहका आयुर्वेद चिकित्सक हुनुहुन्छ ।
समाचार
स्वास्थ्यमा बुटवल: दुई नगरअस्पताल संञ्चालन देखि जेष्ठ नागरिकसम्म
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने वताउनु भयो । बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ। बुटवललाई आगामी आर्थिक वर्ष २०८२/८३मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ। यस्तै जेष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा र्पुयाउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९०…
तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा ९९ करोड ४२ लाखको बजेट विनियोजन
स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने…
बुटवलमा डेंगु नियन्त्रणका लागि टोल प्रतिनिधिलाई अभिमुखीकरण
स्वास्थ्यसमाचार/ वर्षायाम सुरु भएसंगै लामखुट्टेबाट फैलेन डेंगु रोग रोकथाम गर्नको लागी बुटबल उपमहानगरले टोल बिकास समितिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनुका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । बुटबल उपमहानगर पालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यलय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदारनाथ शाहले गर्नु भएको थियो । नगरपालिका १९ वडाका ३ सय टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा अभिमुखीकरणमा वोल्दै शाहले डेंगु रोगको जोखिमलाई नियन्त्रणमा लिन सबैसचेत हुनु…
प्रादेशिक अस्पतालमा रेडियोग्राफरहरूको कालोपट्टी बाँधेर आन्दोलन
स्वास्थ्यसमाचार/ रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा शुक्रवार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरुले कालोपट्टी बाँधेर विरोध जनाएका थिए । नेपाल रेडियोलोजिकल सोसाइटी, लुम्बिनी प्रदेश संयोजक विजयध्वज बस्नेतका अनुसार बिहीबारदेखि सुरु गरेको कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम अनुसार प्रादेशिक अस्पतालमा शान्तिपूर्ण आन्दोलन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाइमा आन्दोलनको घोषणा गरिएको हो । प्रदेश संयोजक वस्नेतले देशका सबै जिल्लाका सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीले आफ्नो…
रुपन्देही ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’जिल्ला घोषणा
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । शुक्रवार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । रुपन्देही जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । रुपन्देहीका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसके पछि शुक्रबारदेखि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो । घोषणा कार्यक्रममा वोल्दै स्वास्थ्यमन्त्री खेम सारु मगरले नागरिकलाई स्वस्थ बनाउन खोप अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउदै…
फलको राजा आँप: स्वास्थ्यका लागि ८ चमत्कारी फाइदाहरू
स्वास्थ्यसमाचार/ फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । २. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । ३. आँपको नियमित सेवनले…
तिलोत्तमामा स्तन र पाठेघर मुखको क्यान्सर पहिचानका लागि शिविर
स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले कुनै पनि रोग लागेर महिला तथा युवतीहरुको ज्यान जान नपरोस भन्ने कुरालाई आत्मसाथ गरि नगरका महिला तथा युवतीहरुको पाठेघर र स्तन क्यान्सरको जाँचलाई बृहत शिविर नै आयोजना गरी परिक्षण शुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सेमराबजार स्वास्थ्य चौकीमा पाठेघरको र स्तन क्यान्सरको जाँच सम्बन्धीत बृहत स्वास्थ्य शिविरको एक कार्यक्रमका बिच तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले तिलोत्तमामा कुनैपनि महिला स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट मृत्यु हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको बताउनु…
स्वास्थ्यमा लुम्बिनी प्रदेश सरकारको ४ अर्ब ९५ करोड बजेट
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्/ ८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत…
लुम्बिनी प्रादेशिक अस्पतालको लागी १ अर्ब बजेट बिनियोजन
प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको लागि रु १ अर्ब विनियोजन भएको छ ।


