स्वास्थ्यसमाचार / गुल्मीमा पाँच सय बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५१४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।
जिल्लामा २४ गतेसम्म कुल १८७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधि व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाउनेछन् । जसको लागि ४ हजार १८० डोज खोप आइसकेको छ ।
पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए । अहिले सुरुको चरण भएकोले डाक्टरहरुसँगको समन्वयमा खोप कार्यक्रताले खोप लगाइदिएका छन् । जिल्लामा माघ १५ गते ७८ जना स्वास्थ्यकर्मी, १९ जना सरसफाइकर्मी र ४ जना एम्बुलेन्स चालक गरी १०१ जनालाई खोप प्रदान गरेर सुरुवात गरिएको थियो ।
प्रतिकया दिनुहोस्