वरिष्ठ मुटुरोग विशेषज्ञ डा. आरके जायसवाल संजीवनी टिचिङ अस्पतालमा

स्वास्थ्यसमाचार/ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. आरके जायसवालले अब संजीवनी टिचिङ अस्पतालबाट सेवा दिनुहुने भएको छ। अस्पतालले आगामी मंसिर ४ गतेदेखि मुटुरोगसम्बन्धी बहिरङ्ग सेवा (ओपीडी) सहित विशेषज्ञ उपचार सेवा सञ्चालनमा ल्याउने भएको हो।

मुटुरोग उपचार क्षेत्रमा १४ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका डा. जायसवालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर, चरक मेमोरियल अस्पताल, पोखरा, ग्रान्डी इन्टरनेसनल अस्पताल, काठमाडौं तथा मनमोहन कार्डियोलोजी, काठमाडौंलगायत प्रतिष्ठित स्वास्थ्य संस्थामा काम गरिसक्नुभएको छ।

उहाँले विभिन्न स्वास्थ्य संस्थामा विभागीय प्रमुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। लामो अनुभव र विशेषज्ञता हासिल गरेका चिकित्सकबाट सेवा सुरु हुनुले राप्ती क्षेत्र तथा आसपासका जिल्लाका मुटुरोगीलाई विशेषज्ञ उपचारमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

यसअघि मुटुरोगसम्बन्धी विशेषज्ञ परामर्श तथा उपचारका लागि बिरामीहरू नेपालगञ्ज, पोखरा र काठमाडौंलगायत टाढाका सहर पुग्नुपर्ने अवस्था थियो। अब आफ्नै क्षेत्रको अस्पतालबाट विशेषज्ञ सेवा उपलब्ध भएपछि बिरामीको समय र खर्च बचत हुनुका साथै उपचारमा पहुँच विस्तार हुने विश्वास गरिएको छ।

अस्पतालले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा विस्तारसँगै यस क्षेत्रका नागरिकलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक दिपक रोक्काले बताउनु भयो।

सम्बन्धित शिर्षक :