स्वास्थ्यसमाचार/मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही बताएको छैन ।
प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । अधिकांशजसो उनी साइबर कसुरमा पक्राउ पर्ने गरेका छन् ।
यसपटक प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।


प्रतिकया दिनुहोस्